Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भारतीय क्रिकेटर भरतले एनपिएल नखेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतीय क्रिकेटर भरतले एनपिएल नखेल्ने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । काठमाण्डु गोर्खाजमा अनुबन्ध हुनुभएका भारतका पूर्व टेष्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नआउने हुनुभएको छ । यो जानकारी काठमाण्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत् दिएको हो । काठमाण्डु गोर्खाजले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘व्यस्तताका कारण केएस भरत यस सिजनमा हामीसँग जोडिने छैनन् । हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं ।’ ३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गर्नुभएको थियो । उहाँले भारतका लागि टेष्ट क्रिकेट खेलिसक्नुभएको छ । भरतले टी-२० क्रिकेटमा ९१ खेल खेल्दै एक हजार आठ सयभन्दा बढी रन बनाउनुभएको छ । विकेट किपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्न सक्ने भरत सन् २०२४ को आइपिएल उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीबाट खेल्नुभएको थियो । काठमाण्डु गोर्खाजले उहाँलाई एनपिएल तेस्रो सिजनका लागि टोलीमा अनुबन्ध गरेको जानकारी भदौको पहिलो साता नै दिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रेल सेवा व्यवस्थित गर्न माग
Latest NewsJust now

रेल सेवा व्यवस्थित गर्न माग

जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक,... ...

रातोपाटी
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
Latest NewsJust now

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

पाँचथर । पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला... ...

रातोपाटी
पोखरामा सयपत्री पुष्प मेला सुरु
Latest NewsJust now

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की । पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले... ...

रातोपाटी
बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह
Latest NewsJust now

बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच पछिल्लो समय निकट सम्बन्ध देखिएको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play