Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विपक्षी दलको प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विपक्षी दलको प्रदर्शन
Photo / Coverage: केन्द्रबिन्दु

नयाँदिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै आइतबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसहित प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धन ‘इन्डिया’को आह्वानमा भएको प्रदर्शनमा हजारौँ मानिस सहभागी भए । उनीहरूले विभिन्न झण्डा बोकेर बाजागाजासहित केन्द्र सरकारका नीतिविरुद्ध नाराबाजी गरेका थिए । सन् २०२३ मा मोदी सरकारलाई सत्ताबाट हटाउने उद्देश्यले गठन गरिएको गठबन्धनमा आबद्ध दलहरूले विभिन्न राज्यबाट आफ्ना कार्यकर्ता भेला गराएका थिए । नयाँदिल्लीमा प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको केही सातापछि यो प्रदर्शन भएको हो । प्रमुख विपक्षी दल काङ्ग्रेसका नेता राहुल गान्धीको नेतृत्वमा भएको प्रदर्शनमा युवाहरूको ‘कक्रोच’ आन्दोलनले पनि समर्थन जनाएको थियो । प्रदर्शनकारीहरूले भारतीय लोकतन्त्रको रक्षा गर्न आह्वान गर्दै मतदाता नामावली पुनरावलोकनमा देखिएको विवादलाई लिएर प्रमुख निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका थिए । गत महिना प्रहरीले नयाँदिल्लीमा प्रदर्शनका लागि तोकिएका स्थानको सूचीबाट ‘जन्तर मन्तर’ हटाएपछि प्रदर्शनकारीहरू रामलीला मैदानमा भेला भएका थिए । जन्तर मन्तर लामो समयदेखि राजधानीमा विरोध प्रदर्शनको प्रमुख स्थलका रूपमा परिचित छ । अधिकारीहरूका अनुसार प्रदर्शनस्थल र प्रदर्शन मार्गमा हजारौँ प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो । निगरानीका लागि २०० भन्दा बढी सीसीटीभी क्यामेरा, ड्रोन र सुरक्षाकर्मीले शरीरमा जडान गर्ने क्यामेरासमेत प्रयोग गरिएको थियो । मतदाता नामावली पुनरावलोकनका क्रममा गत वर्षयता १३ करोडभन्दा बढी नाम हटाइएको छ । आलोचकहरूले यो प्रक्रिया राजनीतिक उद्देश्यबाट प्रेरित रहेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यसबाट लाखौँ मानिस मताधिकारबाट वञ्चित हुन सक्नेछन् भने अल्पसङ्ख्यक, विशेषगरी मुस्लिम समुदाय बढी प्रभावित हुने जोखिम छ । निर्वाचन आयोग र मोदी सरकारले भने यी आरोप अस्वीकार गरेका छन् । उनीहरूका अनुसार दोहोरिएका र अयोग्य मतदाताका नाम हटाउन पुनरावलोकन गरिएको हो । ‘ह्युमन राइट्स वाच’ले बिहीबार जारी गरेको विज्ञप्तिमा मतदाता नामावली पुनरावलोकनसम्बन्धी आरोपले भारतमा आगामी निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ । संस्थाकी एसिया निर्देशक इलेन पियर्सनले पुनरावलोकन प्रक्रिया तत्काल रोक्न आग्रह गर्दै यसले भारतका सीमान्तकृत समुदायलाई मताधिकार र अन्य सरकारी सेवा प्राप्त गर्ने अधिकारबाट वञ्चित गरेको बताएका छन् । मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा) लाई चुनौती दिइरहेका विपक्षी दल र ‘कक्रोच जनता पार्टी’का समर्थकहरूले पछिल्ला केही सातादेखि कुमारको राजीनामालाई प्रमुख माग बनाउँदै आएका छन् । मोदीले प्रदर्शनबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । उनका दलका केही नेताले भने प्रदर्शनकारीलाई ‘अराजकतावादी’ भन्दै उनीहरूलाई विदेशी शक्तिको समर्थन रहेको आरोप लगाएका छन् । उनीहरूले आफ्नो आरोपको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेका छैनन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा
Latest NewsJust now

चितवनलाई हराएपछि सुदूरपश्चिम सातौंबाट तेस्रो स्थानमा

कसिलो बलिङपछि सुदूरपश्चिमले १२९ रनको लक्ष्य १६.४ ओभरमै पूरा गर्दै चार खेलमा दोस्रो जित निकाल्यो र तेस्रो स्थानमा उक्लियो। ...

कान्तिपुर
इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू
Latest NewsJust now

इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू

बम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई विरोध प्रदर्शनमा भाग लिएकामा बिनासर्त माफी माग्न निर्देशन दिएको छ। इमरान खानले हालै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा भाग लिएका थिए। लाइभ लका अनुसार अदालतले अभिनेता खानलाई भविष्यमा हुने कुनै पनि विरोध प्रदर्शनमा भाग नलिने शपथपत्र पेस गर्न पनि आदेश दिएको छ। अदालतले अभिनेता विरु... ...

नेपालखबर
डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय
Latest NewsJust now

डा. केसीका अधिकांश पूरा भइसकेको, केही कार्यान्वयनको चरणमा: मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाउनुभएका विभिन्न मागहरू र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राख्नुभएका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्ध रहेको र उहाँले उठाउनुभएका अधिकांश विषयहरू कार्यान्वयनमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। गेटामा न्यूनतम पूर्वाधार र मापदण्ड नपुगी कार्यक्रम ...

कर्पोरट खबर
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Latest NewsJust now

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ।  सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो।  सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थि... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play