काठमाडौं । यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ । समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान परेको छ । त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती र २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार तथा लक्ष्मीपूजा मनाइनेछ । त्यस्तै, कात्तिक २३ गते सोमबार गाईपूजा हुनेछ भने २४ गते मंगलबार गोवर्धनपूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ । कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका (किजापूजा) मनाइने समितिले जनाएको छ ।
भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे, दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्ने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स





