Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

भर्जिनियामा चौथो भेट्रान्स कप फुटबल सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
भर्जिनियामा चौथो भेट्रान्स कप फुटबल सम्पन्न
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । अमेरिकाको भर्जिनियामा आयोजित चौथो भेट्रान्स कप फुटबल प्रतियोगिताको खुला उमेर समूहमा झापा एक्स आई र ३५ वर्षमाथिको उमेर समूहमा आयोजक डिएमभी नेपालिज मिलिटरी भेट्रान्स क्लब च्याम्पियन बनेका छन् । नोभेम्बर १४ र १५ तारिखमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा अमेरिकाका विभिन्न ६ राज्यबाट आएका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । खुला र ३५ वर्षमाथि गरी दुई विधामा आयोजना गरिएको प्रतियोगितामा प्रत्येक विधामा १०-१० टोली सहभागी थिए । खुला विधाको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । झापा एक्स आई र नोभा रोयल्स एथलेटिक्स क्लबबीच भएको फाइनल खेल निर्धारित समयमा ४-४ गोलको बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै झापा एक्स आईले उपाधि जित्न सफल भयो । उपाधिसँगै झापाले ट्रफी, पदक र १२ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्‍यो । उपविजेता बनेको नोभा रोयल्स एथलेटिक्स क्लबले ट्रफी, पदकसहित ६ हजार अमेरिकी डलर पुरस्कार हात पार्‍यो । त्यसैगरी, ३५ वर्षमाथिको उमेर समूहमा आयोजक डिएमभी नेपालिज मिलिटरी भेट्रान्स क्लबले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्यो । प्राइम टाइम केराबारी एफसी उपविजेतामा सीमित भयो । यस विधाका विजेताले ट्रफी, पदकसहित पाँच हजार अमेरिकी डलर तथा उपविजेताले ट्रफी, पदकसहित दुई हजार पाँच सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिताका क्रममा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड तथा सर्वोत्कृष्ट खेलाडीलगायतका विधामा उत्कृष्ट खेलाडीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । प्रतियोगिताको समापन अवसरमा आयोजक डिएमभी नेपालिज मिलिटरी भेट्रान्स क्लबका अध्यक्ष सन्दीप बास्तोलाले प्रतियोगितालाई सफल बनाउन सहयोग पुर्‍याउने प्रायोजक, सहयोगी, स्वयंसेवक, सञ्चारकर्मी, सहभागी टोली तथा दर्शकहरूप्रति आभार व्यक्त गर्नुभयो । नेपाली समुदायका अमेरिकी पूर्वसैनिक तथा फुटबलप्रेमीहरूलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले नेपालीहरूबीच आपसी एकता, मित्रता, भाइचारा र सामुदायिक सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकको विश्वास छ । खेलकुदमार्फत् नेपाली समुदायलाई एकताबद्ध बनाउने अभियानस्वरूप प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने लक्ष्य राखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ... ...

रातोपाटी
पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
Latest NewsJust now

पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ, मङ्सिर २ गते । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्ब... ...

गोरखापत्र
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।  नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ। हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो। यसपछि अन्तिम मा... ...

नेपालखबर
एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती
Latest NewsJust now

एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले आफ्नो राजनीतिक इतिहासकै एउटा कठिन मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक देखिए पनि पार्टीभित्र विकसितहुँदै गएको असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास, गुटगत प्रतिस्पर्धा र संगठनात्मक कमजोरीले एमालेको आन्तरिक अवस्था सहज छैन भन्ने संकेत गरिरहेका छन् । यही अवस्थामा मंसिर २ र ३ (आज र भोलि) गते काठमाडौंमा हुनलागेको राष्ट्रिय भेलालाई सामान्य राजनीतिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play