Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन
Photo / Coverage: केन्द्रबिन्दु

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच थिचेर संयुक्त रूपमा ट्राफिक बत्ती सञ्चालनमा आएको घोषणा गरे । नारायणगढको पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक बत्ती जडान गरिएको छ । सो अवसरमा सडक डिभिजन कार्यालय चितवनका प्रमुख इञ्जिनियर अमितकुमार शर्मा र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले ट्राफिक बत्ती र सडक सुरक्षाका बारेमा जानकारी दिएका थिए । सबैभन्दा धेरै ट्राफिक लाइट राखिएको भरतपुर–१० का अध्यक्ष परमेश्वर खनालले भरतपुर महानगरपालिकाको आग्रहमा सडक विभागमार्फत बत्ती जडान गरिएको जानकारी दिँदै यसको उपयोग गरी ट्राफिक व्यवस्थापनमा जुट्नुपर्ने बताए । विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले बत्ती जडान गरेको हो । भरतपुर महानगरपालिकाका ६ चोकमा बत्ती राख्नका लागि विसं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्म काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो । निर्माण व्यवसायी कम्पनीले ढिला गरी लाईट जडान गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोल्यान्डमा स्थगित भएको घुम्ती शिविर नोभेम्बर २७ बाटै सञ्चालन हुने
Latest NewsJust now

पोल्यान्डमा स्थगित भएको घुम्ती शिविर नोभेम्बर २७ बाटै सञ्चालन हुने

जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले पोल्यान्डको राजधानी वारसामा सञ्चालन गर्ने भनेको राहदानी घुम्ती शिविर पूर्वनिर्धारित मितिबाटै सञ्चालन हुने भएको छ। राजदूतावासले बुधबार (नोभेम्बर २५) एक अत्यन्त जरुरी सूचना जारी गर्दै पहिले निर्धारित मिति नोभेम्बर २७ देखि डिसेम्बर २ सम्म राहदानी घुम्ती शिविर सञ्चालन हुने जनाएको हो। यसअघि नोभेम्बर २० मा दूतावासले सूचना जारी... ...

नेपालखबर
ठमेलबाट स्रोत नखुलेको रकमसहित नेपाली र विदेशी नागरिक पक्राउ
Latest NewsJust now

ठमेलबाट स्रोत नखुलेको रकमसहित नेपाली र विदेशी नागरिक पक्राउ

काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित स्नोलाइन होटलबाट स्रोत नखुलेको नेपाली रूपैयाँ ५० लाख ५० हजार, चार हजार २१५.०९ ओमानी रियाल र ५५ दिरामसहित दुई जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युगित इब्राहिम र काठमाडौँ ठमेल बस्ने चितवनकी २० वर्षीया स्नेहा रिमाल रहेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी ग... ...

नेपालखबर
राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्ने ? : केपी ओली
Latest NewsJust now

राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले के गर्ने ? : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘डिजिटल नेपाल फ्रेमवर्क’ आफूहरूले नै सुरु गरेको र विदेशी व्यावसायिक कम्पनीलाई कानुन तथा नियमनको थितिभित्र ल्याउन वर्षौँदेखि प्रयास गरिरहेको बताएका छन्। विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको... ...

रातोपाटी
राष्ट्रिय जनमोर्चाको श्रमदानमार्फत धान खेती
Latest NewsJust now

राष्ट्रिय जनमोर्चाको श्रमदानमार्फत धान खेती

नवराज नेपालीबागलुङ, मङ्सिर १० गते । बसाइँसराइका कारण बागलुङको जैमिनीका गाउँबस्ती सुनसान बन्दै गएका छन् । खेतबारी बाँझिँदै छन् भने खेतीयोग्य जमिनमा झाडी फैलिन थालेको छ । गाउँमा जनशक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement