Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन

Share:WhatsAppFacebookX (Twitter)Telegram
ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन
Photo / Coverage: हिमालय टाइम्स

स्याङ्जा । ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन हुनुभएको छ । समाजको दोस्रो जिल्ला अधिवेशनले रेग्मीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा यदुनन्दन अर्याल, सचिवमा शोभाकान्त पौडेल, सहसचिवमा गोमा सुवेदी र कोषाध्यक्षमा सुनिता पौडेल गौतम चयन हुनुभएको छ । समितिमा केन्द्रीय प्रतिनिधि पाँच जना र प्रदेश प्रतिनिधि पाँच जना पनि चयन गरिएको नवनिर्वाचित अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा लामो समय क्रियाशील रहनुभएका रेग्मी शिक्षक युनियन स्याङ्जाको अध्यक्षसमेत भइसक्नुभएको छ । उहाँ जिल्ला सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट अवकाश हुनुभएको हो । विद्यालयलाई नमुना बनाउने क्रममा प्रधानाध्यापकका रूपमा उहाँको नेतृत्वदायी भूमिका रहेको थियो । हाल धार्मिक तथा आध्यात्मिक क्षेत्रमा क्रियाशील रेग्मीका भजनसङ्ग्रह तथा मौलिक लोकगीतसमेत प्रकाशित छन् । निवर्तमान अध्यक्ष पुण्यप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रूपमा बोल्दै ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद अधिकारीले जातीय पहिचान, पारस्परिक भाइचारा, सामाजिक सद्भाव र साझा भावनाका लागि सम्पूर्ण नेपाली एक हुनुपर्ने धारणा राख्नुभयो । नवनिर्वाचित अध्यक्ष रेग्मीले शताब्दीयौँदेखि कायम रहेका विभिन्न जातजातिका मौलिक संस्कृति र पहिचानको संरक्षण गर्दै सबैको सम्मान गर्नुपर्ने बताउनुभयो । यसले राष्ट्रिय एकता बलियो बनाउने उहाँको भनाइ थियो । त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सभापतिको आसनबाट बोल्दै निवर्तमान अध्यक्ष उपाध्यायले नेपाल सबै जाति, धर्म र संस्कृतिको सङ्गम भएकाले सबैप्रति सद्भाव र सहिष्णुता राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजका केन्द्रीय सदस्य छायाराम खनाल, खगेन्द्र अर्याल र श्याम रेग्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सीताराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन लोकनाथ रेग्मीले गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ, कप्तान दीपेन्द्रबाट धेरै सिक्न सकिन्छ : रदरफोर्ड
Latest NewsJust now

नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ, कप्तान दीपेन्द्रबाट धेरै सिक्न सकिन्छ : रदरफोर्ड

काठमाडौँ । वेस्ट इन्डिजका क्रिकेटर सेरफेन रदरफोर्डले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेलेका उनले नेपाली खेलाडीमा राम्रो प्रतिभा रहेको भन्दै... ...

रातोपाटी
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Latest NewsJust now

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो। चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि ब्राण्डोन म्याक मुलेनले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी, इशान ...

नेपालन्युज
३३ लाख घुससहित समातिए ठिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे
Latest NewsJust now

३३ लाख घुससहित समातिए ठिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे

काठमाण्डु– भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँसहित पक्राउ परेका छन्। ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिने क्रममा कमिसन मागेका घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो। ठेक्का रकम भुक्तानीका लागि कमिसन मागेको सूचनाका आधारमा अख्तियारले निगरानी बढाएको थियो। सोही क्रममा अख्तियारको टोलीले घिमिरेलाई ३३ लाख रुपैयाँ […] ...

काठमाण्डुपाटी
सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन
Latest NewsJust now

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन

काठमाडाैँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play