Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

ब्राजिलका विश्वविजेता रोमारियोले एन्सेलोट्टीलाई भने- अब अति भयो, सामान प्याक गरेर फर्क !

Share:WhatsAppFacebookX (Twitter)Telegram
ब्राजिलका विश्वविजेता रोमारियोले एन्सेलोट्टीलाई भने- अब अति भयो, सामान प्याक गरेर फर्क !
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जापानसँग मैत्रीपूर्ण फुटबल खेलमा पराजित भएपछि ब्राजिलका पूर्वस्टार खेलाडी रोमारियाेले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सिंगापुरमा शनिबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिल जापानसँग ३–२ गोलले पराजित भएको थियो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्नु र अन्तिम समयमा गोल खानुले ब्राजिलको प्रदर्शनमाथि प्रश्न उठिरहेका बेला सन् १९९४ को विश्वकप विजेता रोमारियाेले प्रशिक्षक एन्सेलोट्टीप्रति आक्रोश व्यक्त गरेका हुन् । खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै उनले एन्सेलोट्टीलाई ब्राजिलको प्रशिक्षक पद छाडेर क्लब फुटबलमा फर्किन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘एन्सेलोट्टी, अब अति भयो ! आफ्नो सामान प्याक गर्नुहोस् र बाहिरिनुहोस् । तपाईंको विरासत र उपलब्धिमाथि कसैले प्रश्न उठाएको छैन । तपाईं विश्व फुटबलका महान् प्रशिक्षकमध्ये एक हुनुहुन्छ । तर त्यो सफलता क्लब फुटबलमा थियो । ब्राजिल राष्ट्रिय टोलीमा तपाईंले अझै केही उपलब्धि हासिल गर्नुभएको छैन ।’ खेलमा जापानका ताकेफुसा कुबो र केइटो नाकामुराले पहिलो १९ मिनेटभित्रै गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए । तर ब्राजिलका भिनिसियस जुनियरले ३३औँ र ७५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यद्यपि, खेलको इन्जुरी समयमा तात्सुहिरो साकामोतोले निर्णायक गोल गरेपछि जापान ३–२ ले विजयी भयो । निर्णायक गोलअघि भएको सम्भावित फाउललाई लिएर विवादसमेत भएको थियो । उक्त घटनापछि प्रशिक्षक एन्सेलोट्टी र सब्स्टिच्युट भएर मैदानबाहिर रहेका राफिन्हा दुवैलाई रातो कार्ड देखाइएको थियो । रोमारियाेले ब्राजिल फुटबल महासंघका अध्यक्ष सामिर जुआक्सलाई समेत प्रशिक्षकबारे तत्काल निर्णय लिन आग्रह गरेका छन् । उनले अर्को विश्वकपमा पनि असफलताको जोखिम लिन नसकिने भन्दै अहिले नै कदम चाल्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अध्यक्षज्यू, अब निर्णय गर्ने समय आएको छ । ब्राजिलको जर्सीलाई हल्का रूपमा लिन मिल्दैन । हामीले पर्याप्त अपमान र निराशा भोगिसकेका छौँ । अर्को विश्वकप पनि गुमाउने जोखिम लिन सक्दैनौँ ।’ यसअघि एन्सेलोट्टीको प्रशिक्षण करार सन् २०३० सम्म थपिएको थियो । तर जापानसँगको हारपछि उनको नेतृत्वलाई लिएर ब्राजिलमा आलोचना बढेको छ । यसैबीच, ब्राजिलले नोभेम्बर १७ मा आयोजक सिंगापुरसँग वर्षको अन्तिम मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्पेसएक्सको  १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण

अमेरिका । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलो पटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले... ...

रातोपाटी
छठ धार्मिक आस्थाको पर्व हो : मुख्यमन्त्री थापा
Latest NewsJust now

छठ धार्मिक आस्थाको पर्व हो : मुख्यमन्त्री थापा

सरिता दाहालहेटौँडा, कात्तिक २९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले छठ पर्व धार्मिक आस्थाको पर्व मात्र नभइ सामाजिक सद्भाव, समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभि... ...

गोरखापत्र
१५ औँ प्रयासमा स्पेसएक्सको ऐतिहासिक सफलता, स्टारसिप पहिलोपटक टावरमै अवतरण
Latest NewsJust now

१५ औँ प्रयासमा स्पेसएक्सको ऐतिहासिक सफलता, स्टारसिप पहिलोपटक टावरमै अवतरण

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल अन्तरिक्षयान स्टारसिपको १५ औँ परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । परीक्षणका क्रममा अन्तरिक्षबाट फर्किएको स्टारसिप पहिलोपटक प्रक्षेपण टावरको विशेष संरचनाको सहायताले सुरक्षित रूपमा अवतरण गरेको छ । शुक्रबार दिउँसो अमेरिकाको टेक्सासस्थित स्पेसएक्सको स्टारबेस केन्द्रबाट उडान भरेको स्टारसिप शनिबार स्थानीय समयअनुसार दिउँसो करिब ३: २० बजे पुनः प्रक्षेपणस्थलमा फर्किएको थियो । करिब २२ घण्टा ३० ...

फरकधार
चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद
Latest NewsJust now

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् । सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उनले सम्बन्धित विषयमा निर्णय गर्ने ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play