कालीकोट । कालीकोटबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य चार जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । सोमबार बिहान ८ बजे दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जिपमा सान्नीत्रिवेणी गाउँपालिका–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्की र उनका आफन्त सवार थिए । दुर्घटनामा घाइते भएका सान्नीत्रिवेणी गाउँपालिका–७ मुम्रा, क्युरीका २१ वर्षीय चालक योगेश सिम्खाडा र सान्नीत्रिवेणी–६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयाे । घाइते दुवैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयाे । प्रहरीका अनुसार विष सेवन गरेकी बिरामी कैली सार्कीसहित जादुकला, गंग सार्की र तपेन्द्र सिम्खाडाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये दुई जनाको मृत्यु भएको र चार जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बोलेरो जिप दुर्घटनामा चालकसहित २ जनाको मृत्यु, ४ जना घाइते

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






