काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासी परिवारलाई हटाउने तयारीसँगै सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म आश्रयस्थल खाली गर्न निर्देशन दिए पनि सुकुम्बासी परिवारले भने बसोबासको विकल्प सुनिश्चित नभएसम्म नहट्ने अडान लिएका छन् । जाने ठाउँ र बसोबासको व्यवस्था नभएसम्म आफूहरू आश्रयस्थल नछाड्ने उनीहरूको भनाइ छ । होल्डिङ सेन्टरमा रहेका अभियन्ता दलमर्दन कामीले विकल्पबिना आफूहरूलाई उठिबास लगाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार होल्डिङ सेन्टरमा रहेका बालबालिकासमेत खानपिन र विद्यालय आवतजावतको समस्यामा परेका छन् । प्रशासनले शुक्रबार बिहानदेखि खानाको व्यवस्था बन्द गरेको र विद्यालय जाने बालबालिकालाई लिन बससमेत नआएको उनको गुनासो छ ।
बोडेको होल्डिङ सेन्टरमा सुरक्षाकर्मी तैनाथ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






