Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बैतडीमा बसबाट ओर्लिने क्रममा लडेर वृद्धको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
बैतडीमा बसबाट ओर्लिने क्रममा लडेर वृद्धको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

बैतडी । बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ। पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्दको बसबाट ओर्लिने क्रममा लडेर मृत्यु भएको हो। मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आइतबार बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेका थिए। लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नवराज भट्टले जानकारी दिए। घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका चालक मेलौली नगरपालिका–९ का ४८ वर्षीय अशोक चन्द हुन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, पूर्वाधार तयारी अन्तिम चरणमा
Latest NewsJust now

राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, पूर्वाधार तयारी अन्तिम चरणमा

बाँकेको नेपालगन्ज रंगशालामा पौडी र सुटिङ तथा बर्दियाको भुरीगाउँस्थित कभर्डहलमा खोखो र गुलरियास्थित कभर्डहलमा टेनिस प्रतियोगिता सञ्चालन गरिनेछ । ...

कान्तिपुर
विद्यालय छैन, मतदानस्थलमा भने पुरानै नाम
Latest NewsJust now

विद्यालय छैन, मतदानस्थलमा भने पुरानै नाम

मतदान केन्द्र राखिएका विद्यालय गाभिए, तह परिवर्तन भए वा भवन खाली भए पनि वडा कार्यालयले सिफारिस नपठाउँदा निर्वाचन अभिलेखमा पुरानै नाम कायम छन्। ...

कान्तिपुर
मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने
Latest NewsJust now

मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने

कृष्णबहादुर धामीदार्चुला, मङ्सिर ६ गते । दार्चुलाको महाकाली नगरपालिका –८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको प्रधानमन्त्री वालेन्द्र श... ...

गोरखापत्र
जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा
Latest NewsJust now

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

अन्ताल्या । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन हुने जोखिम बढेको छ। निर्धारित समयभन्दा ४० घण्टाभन्दा बढी बितिसक्दा पनि करिब २०० राष्ट्रबीच सम्झौता हुन सकेको छैन। सम्मेलनका सहआयोजक टर्की र अस्ट्रेलियाले अन्तिम समयमा अघि सारेको प्रस्तावमा जीवाश्म इन्धन त्याग्ने स्पष्ट प्रतिबद्धता समावेश नभएपछि युरोपेली सङ्घ (इयु) र जलवायु परिवर्तनको जोखिममा रहेका साना टापु ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement