Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बेलायतमा केयर वर्करलाई पाँच वर्षमै स्थायी बसोबास, दुई लाख ८२ हजारलाई राहत

Share:WhatsAppFacebookX (Twitter)Telegram
बेलायतमा केयर वर्करलाई पाँच वर्षमै स्थायी बसोबास, दुई लाख ८२ हजारलाई राहत
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बेलायतकी गृहमन्त्री शबाना महमुदले पहिले नै बसोबास गरिरहेका विदेशी केयर वर्करहरूलाई स्थायी बसोबासका लागि १५ वर्ष कुर्नुपर्ने प्रस्ताव फिर्ता लिएकी छन् । सांसदहरूको विरोधपछि गरिएको नीतिगत परिवर्तनबाट करिब दुई लाख ८२ हजार आप्रवासी लामो प्रतीक्षा अवधिबाट जोगिने भएका छन् । यससँगै प्रभावित हुने अनुमानित संख्या सात लाख ९९ हजारबाट घटेर पाँच लाख १७ हजारमा झरेको बीबीसीले जनाएको छ । महमुदले सांसदहरूलाई नयाँ नीति निष्पक्षतामा आधारित रहेको बताउँदै अपवादको व्यवस्थामा नपर्ने, वार्षिक ५० हजार पाउन्डभन्दा कम कमाउने आप्रवासीहरू भने स्थायी बसोबासको १० वर्षे प्रक्रियामै रहने स्पष्ट पारेकी छन् । नयाँ व्यवस्थाअनुसार, वार्षिक कम्तीमा २५ हजार पाउन्ड कमाउने र सन् २०२५ को मे भन्दा अगाडि बेलायत आइपुगेका विदेशी केयर वर्करहरू पाँच वर्षपछि अनिश्चितकालीन बसोबास अनुमति (आईएलआर)का लागि योग्य हुनेछन् । तर, छाया विदेशमन्त्री क्रिस फिलिपले यसलाई सरकारको निर्णय परिवर्तन भन्दै यसबाट करदातालाई १० अर्ब पाउन्डसम्म भार पर्न सक्ने दाबी गरेका छन् । आईएलआर पाएपछि व्यक्तिले बेलायतमा अनिश्चितकालसम्म बस्न, काम गर्न र अध्ययन गर्न पाउँछन् । योग्यताअनुसार सरकारी सुविधाका लागि पनि आवेदन दिन सक्छन् । प्रधानमन्त्री एन्डी बर्नह्यामले सुधारलाई समर्थन गर्दै समुदायमा महत्त्वपूर्ण योगदान गर्ने विदेशी कामदारलाई त्यसअनुसार मूल्यांकन गर्नु न्यायोचित हुने बताएका छन् । ब्रेक्जिटपछि बेलायतमा आप्रवासन बढेको पृष्ठभूमिमा सरकारले योगदानका आधारमा स्थायी बसोबासको व्यवस्था अघि सारेको हो । नयाँ ‘सेटलमेन्ट’ नीतिका मुख्य व्यवस्था वार्षिक कम्तीमा २५ हजार पाउन्ड कमाउने र मे २०२५ अघि बेलायत आएका केयर वर्करले पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन् । केयर भिसा प्रणालीमा भएको दुरुपयोगलाई सम्बोधन गर्ने उद्देश्यले सरकारले यो व्यवस्था गरेको हो । प्रारम्भिक भिसाका सर्त पूरा गर्न नसकेका केही केयर वर्करलाई वेलायतलाई नयाँ पाँच वर्षे भिसा दिनेछ । यसबाट उनीहरूले ठगी गर्ने वा शोषणकारी प्रायोजकबाट अलग भएर नयाँ रोजगारदाता खोज्न सक्नेछन् । यस्तो प्रक्रियामा सरकारी सहयोग पनि उपलब्ध हुनेछ । नयाँ सुरक्षित तथा कानुनी मार्गबाट बेलायत आउने शरणार्थीलाई पाँच वर्षपछि स्थायी बसोबासका लागि आवेदन दिन सक्ने व्यवस्था बेलायतले गरेको छ । साना डुंगामार्फत इङ्लिस च्यानल पार गर्नेलगायत गैरकानुनी माध्यमबाट बेलायत प्रवेश गर्ने व्यक्तिले सामान्यतः स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्नेछ । काम वा अध्ययन नगर्नेहरूका हकमा थप १० वर्ष जोडिने व्यवस्था छ, जसले प्रतीक्षा अवधि ३० वर्षसम्म पुर्‍याउन सक्ने बताइएको छ । बीबीसी र इन्डिपेन्डेन्टबाट ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिराहामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै
Latest NewsJust now

सिराहामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै

जीवछ यादवलहान, कात्तिक १७ गते । सिराहा जिल्लामा पछिल्लो समय सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । विवाह, चाडपर्व, धार्मिक अनुष्ठान तथा सांस्कृतिक कार्यक्रममा फूलको माग ब... ...

गोरखापत्र
बाँझो जमिनमा सामूहिक खेती
Latest NewsJust now

बाँझो जमिनमा सामूहिक खेती

तनहुँ समाचारदातातनहुँ, कात्तिक १७ गते । सामुदायिक वन संरक्षणमा मात्र सीमित नराखी यसलाई कृषि उत्पादन, खाद्य सुरक्षा र स्थानीयको आय आर्जनसँग जोड्न सकिन्छ भन्ने उदाहरण तनहुँको एक उपभो... ...

गोरखापत्र
एम्बुलेन्स : सेवा कि व्यापार ?
Latest NewsJust now

एम्बुलेन्स : सेवा कि व्यापार ?

विशुद्ध मानव सेवाका नाममा सञ्चालित एम्बुलेन्स सेवा व्यावसायिक हिसाबले सञ्चालन हुनु खेदजनक हो। ...

कान्तिपुर
बाँदर धपाउँदा भरुवा बन्दुकको छर्रा लागेर एक घाइते, २ नाल भरूवा बन्दुकसहित एक प्रहरी नियन्त्रणमा
Latest NewsJust now

बाँदर धपाउँदा भरुवा बन्दुकको छर्रा लागेर एक घाइते, २ नाल भरूवा बन्दुकसहित एक प्रहरी नियन्त्रणमा

जितपुर सिमरा उपमहानगरपालिका १६ धर्मनगरका ३० वर्षीय गोविन्द ठाडा मगरले पडकाएको भरूवा बन्दुकको छर्राले एक जना घाइते भएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play