Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा
Photo / Coverage: केन्द्रबिन्दु

बागमती । बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उनले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए । योग र ध्यानका माध्यमबाट नसर्ने रोगबाट ग्रसित वर्तमान समाजलाई मुक्त गराउन सहयोग पुग्ने बताउँदै उनले चिकित्सकका अनुसार नसा, थाइराइड, सुगर, प्रेसरबाट बच्नका लागि योगको महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । मुख्यमन्त्री थापा मगरले बिहानको समयमा मोबाइल हेर्नभन्दा कम्तीमा एक घण्टा योग साधनामा समय दिन सबै नागरिकलाई आग्रह गरे । कात्तिक १३ गतेदेखि आजसम्म सञ्चालन भएको बृहत् योग विज्ञान शिविरमा दुई हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष लाभान्वित बनेको पतञ्जली योग समिति, मकवानपुरका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । पतञ्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र प्रमुख प्रशिक्षकका रुपमा रहनुभएको शिविरमा योगाभ्यास, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । हेटौँडा–७ स्थित नवज्योति माध्यमिक विद्यालयको फुटबल मैदानमा प्रत्येक दिन बिहान ५ः०० बजेदेखि ७ः०० बजेसम्म योग शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१४ वर्षपछि नेकपामा समाहित भइन् चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल
Latest NewsJust now

१४ वर्षपछि नेकपामा समाहित भइन् चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल

काठमाडौँ। माओवादी जनयुद्धकी चर्चित गोरखा जेल ‘ब्रेकर’ उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा समाहित भएको छ । मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गरी दुई पार्टीबिच एकता... ...

रातोपाटी
सत्ता र प्रतिपक्ष दुवैलाई चाहिएको संसद् अधिवेशन कसरी हुन्छ आह्वान ?
Latest NewsJust now

सत्ता र प्रतिपक्ष दुवैलाई चाहिएको संसद् अधिवेशन कसरी हुन्छ आह्वान ?

काठमाडौँ । संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालले संघीय संसद्को अधिवेशन तत्काल आह्वान... ...

रातोपाटी
सैनिक परिवारमा हुर्केर राजनीतिको सागरमा पौडिरहेका थापा
Latest NewsJust now

सैनिक परिवारमा हुर्केर राजनीतिको सागरमा पौडिरहेका थापा

काठमाडौं । राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्। कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्। तर व्यवसाय र व्यावसायिक क्षेत्रबाट आफ्नो पहिचान बनाउँने कमै हुन्छन्। तिनै मध्ये एक विन्दु कुमार थापा हुन्। उनी केन्द्रदेखि प्रदेश राजनीतिमा स्थापित भए। नेपाल राष्ट्र बैंकको कर्मचारीका रूपमा व्यावसायिक जीवन सुरु गरेका थापा अहिले गण्डकी प्रदेशको राजनीतिमा परिचित छन्। राष्ट्र बैंकको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play