Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

बिर्तामोडबाट १८ ग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँसहित राजवंशी पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिर्तामोडबाट १८ ग्राम ब्राउन सुगर र १३ लाख ३९ हजार रुपैयाँसहित राजवंशी पक्राउ
Photo / Coverage: पर्दाफास

झापाको बिर्तामोडबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ र रु १३ लाख ३९ हजार नगदसहित एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढी स्थायी घर भई हाल बिर्तामोड नगरपालिका–५ जिराइँ टोलमा कोठा भाडामा बस्दै आएकी ३६ वर्षीया पार्वता राजवंशी रहेकी छन् । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्सिर १२ गते अपराह्न ५ बजे उनलाई शङ्कास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो । जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित २२ ग्राम ७२० मिलिग्राम र प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले त्यसपछि बिर्तामोड–५ स्थित बसन्त पवन तिम्सिनाको घरमा रहेको उनको डेरामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा लागूऔषध लतपतिएको एउटा छुरी, एउटा कैँची, एउटा डिजिटल तराजु, नगद रु १३ लाख ३९ हजार र दुईवटा मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘लभको इमेज खराब गरिदियौ’ भन्दै स्काउटमाथि भड्किए सलमान
OthersJust now

‘लभको इमेज खराब गरिदियौ’ भन्दै स्काउटमाथि भड्किए सलमान

‘बिग बोस २०’को ‘वीकएन्ड का वार’मा यसपटक सलमान खान स्काउट ओपीमाथि निकै आक्रोशित देखिनेछन् । शोको सार्वजनिक प्रोमोमा लभ गिललाई लिएर स्काउटले गरेको कुराकानीको विषय उठाउँदै सलमानले उनलाई कडा रूपमा सुनाएको देखिन्छ । सलमानले स्काउटले लभको छवि बिगारेको आरोप लगाएका छन् । यता, सलमानको कुरा सुनेपछि लभ भावुक हुँदै रोएको प्रोमोमा देखिन्छ । प्रोमोमा सलमानले… ...

अनलाइन खबर
चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
OthersJust now

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम सक्ने गरी अघि बढाइएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने सडक चार वर्ष बित्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । ...

अनलाइन खबर
अध्यादेश खारेजी लगायतका माग राख्दै रास्वपा कार्यालयमा पत्रकार महासंघको एक घण्टे धर्ना
OthersJust now

अध्यादेश खारेजी लगायतका माग राख्दै रास्वपा कार्यालयमा पत्रकार महासंघको एक घण्टे धर्ना

१३ मंसिर, काठमाडौं । प्रेस काउन्सिल अध्यादेश खारेजी लगायतका माग राख्दै आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासंघले आइतबार एक घण्टा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । महासंघका अध्यक्ष निर्मला शर्मा लगायतका पदाधिकारी र पत्रकारहरूले बिहान ११ बजेबाट प्लेकार्ड सहित धर्ना दिएका थिए । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement