Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

बिग मुभिजमा अन्तर्राष्ट्रियस्तरको सुविधा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बिग मुभिजमा अन्तर्राष्ट्रियस्तरको सुविधा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको थालनी गर्ने पहिलो मल्टिप्लेक्स बिग मुभिजले प्रविधिको तीव्र विकास र दर्शकको बढ्दो अपेक्षा सम्बोधन गर्ने उद्देश्यले सिनेमा हललाई रेनोभेसन गरी अत्याधुनिक सुविधा सम्पन्न बनाएको छ । रेनोभेसनका क्रममा कम्पनीले आफ्नो मूल नारा ‘एक्स्पेरियन्स सिनेमा, एक्स्पेरियन्स द डिफरेन्स’लाई सार्थक बनाउन हलका हरेक पक्ष- प्रविधि, ध्वनि, सिट, वातावरणजस्ता पक्षमा अन्तर्राष्ट्रिय स्तर कायम गरेको छ । कम्पनीका अनुसार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजको हलमा स्टेट-अफ-द- आर्ट दृश्य प्रविधि वारको फोके आरजिबी लेजर प्रोजेक्टर जडान गरिएको छ । कम्पनीले युरोपेली ब्राण्डको बहुचर्चित वारको एसपिफोके-२० सी(सेरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१००० लुमेन्सको ब्राइटनेसन र फोके नेटिभ रेजुलेसन रहेको छ । पर्दामा चलचित्रका दृश्य अत्यन्त स्पष्ट, चम्किलो र जीवन्त बनाउन कम्पनीले ठूलो रकम खर्चेर उक्त प्रोजेक्टर जडान गरेको हो । चलचित्रका दृश्यमा वास्तविक र उच्च गुणस्तरीय रङ संयोजनका लागि ९८.५ प्रतिशतभन्दा बढी आरइसी २०२० र डिसिआई ए ३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ । पर्दाका दृश्य अत्यन्त स्पष्ट, चम्किलो र जीवन्त बनाउन बिग मुभिजका हलहरूमा १९-४३ फिट, २०-४३ फिट र २०–४६ फिट आकारका विशेष सिल्भर स्क्रिन राखिएका छन् । साउण्ड सिस्टमतर्फ थ्री-डी इमर्सिभ साउण्ड सिस्टम जडान गरिएको छ । परम्परागत साउण्ड सिस्टमभन्दा फरक हरेक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिने गरी ६४-च्यानल डल्बी एट्मस प्रविधि जडान गरिएको छ । हलको ओभरहेड र चारैतिर राखिएका स्पिकरहरू तथा सिपी(५) ए साउण्ड प्रोसेसरको मद्दतले १२८ वटासम्म साउण्ड अब्जेक्टहरूलाई एकैपटक नियन्त्रण गरी दर्शकलाई चारैतर्फबाट वास्तविक ध्वनि अनुभव गराउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हलका सिट पनि आरामदायी बनाइएको छ । दर्शकलाई विशेष अनुभूति दिलाउन नयाँ लक्जरी तथा एर्गोनोमिक सिटिङ राखेको छ । दर्शकको सहजताका लागि २५५ वटा २२ इन्चका ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सीहरू राखिएका छन् । थप विलासी र आरामदायी अनुभवका लागि २९ वटा २९ इन्चका ‘रोयल लक्जुरिया’ क्रिम कलर रिक्लाइनरहरू जडान गरिएको छ । हलभित्र नयाँ कार्पेटिङ, अकोस्टिक वाल कभरिङ र आधुनिक लाइटिङ व्यवस्था गरी पूर्णरूपमा नयाँ वातावरण तयार पारिएको बिग मुभिजका चेयरम्यान राजेन्द्र अर्यालले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रेल सेवा व्यवस्थित गर्न माग
Latest NewsJust now

रेल सेवा व्यवस्थित गर्न माग

जनकपुर । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक,... ...

रातोपाटी
पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना
Latest NewsJust now

पाँचथरमा पूर्वाधार विकास डिभिजन स्थापना

पाँचथर । पाँचथरको फिदिममा पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास डिभिजन स्थापना भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित डिभिजनको बुधबार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र पाँचथरका प्रमुख जिल्ला... ...

रातोपाटी
पोखरामा सयपत्री पुष्प मेला सुरु
Latest NewsJust now

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की । पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले... ...

रातोपाटी
बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह
Latest NewsJust now

बालेन र महासंघको आडमा डिडिसीलाई पोखरामा रोक्दै अञ्जन श्रेष्ठ समूह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठबीच पछिल्लो समय निकट सम्बन्ध देखिएको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play