Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बालौटेमा क्षतिग्रस्त सडक करिब दुई महिनापछि मर्मत सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालौटेमा क्षतिग्रस्त सडक करिब दुई महिनापछि मर्मत सुरु
Photo / Coverage: केन्द्रबिन्दु

म्याग्दी । म्याग्दी नदीको बाढीले कटान गरेर मालिका गाउँपालिका-६ बालौटेमा अवरुद्ध बनाएको बेनी-दरवाङ सडक करिब दुई महिनापछि मर्मत थालिएको छ । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको बेनी-दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तीमा जोखिम बढाएको थियो । नदीले कटान गरेपछि दुखुबेँसीको फेदीमा रहेको करिब १०० मिटर सडक भत्किएर बस्तीको नजिकै पहिरो पुगेको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको साझेदारीमा सडक मर्मतको काम थालिएको हो । पूर्वाधार विकास कार्यालयको प्रक्रियागत ढिलासुस्ती, कटान नियन्त्रण तथा बस्ती संरक्षणको सुनिश्चितता हुनुपर्ने दुखुबासीको माग छ । पूर्वाधार विकास कार्यालयले भने सडक मर्मतका लागि ग्यावीयन पर्खाल निर्माण गर्ने ढुङ्गा जुटाउन समस्या हुँदा काममा ढिलाइ भएको जनाएको छ । अस्थायी रूपमा सडक मर्मतका लागि रु २५ लाख बजेट उपलब्ध गराएको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री नन्दप्रसाद न्यौपानेले कात्तिक तेस्रो साता पहिरो प्रभावित सडकको निरिक्षण गरी नदी नियन्त्रण र बस्ती संरक्षणका लागि आवश्यक पर्ने थप रु दुई करोडभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि पूर्वाधार विकास कार्यालयले प्रक्रिया अघि बढाएको थियो । तिहारअघि डोजर परिचालन गरेर म्याग्दी नदीलाई डाइभर्सन गराएपनि बालौटेको छिमेकी सहश्रधाराका बासिन्दाले ग्यावीयन जाली भर्न आवश्यक पर्ने ढुङ्गाको स्रोतमा अवरोध गरेकाले अपेक्षाकृत काम हुन नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक मर्मतलाई तीव्रता दिनका लागि ढुङ्गाको स्रोतको व्यवस्था मिलाउन मालिका गाउँपालिकासँग समन्वय गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले बताउनुभयो । मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गाहरू जलविद्युत् आयोजनाको डोजर र ढुवानीका साधन परिचालन गरी कार्यालयले ग्यावीयन जाली भरेर अस्थायी रूपमा सडक मर्मत गर्ने सहमति भएको थियो । म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी-१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत् अयोजनाले साझेदारी गरेर सडक मर्मतमा उपकरण परिचालन गरेका छन् । म्याग्दी १(ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले सडक मर्मत कार्यलाई तीव्रता दिनका लागि मालिका गाउँपालिका, पूर्वाधार विकास कार्यालय र जलविद्युत् आयोजनालाई ताकेता गरिएको बताउनुभयो । बालौटेसँगै सिम-ताराखेत खण्डमा पनि म्याग्दी नदीले कटान गरेको सडक पुनर्निर्माणका लागि प्रदेश सरकारसँग पहल गरिएको उहाँले बताउनुभयो । अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा बालौटेमा कटान भएर सडक भत्किँदा बेनी-दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ । दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरेपनि दिगो समाधानका लागि सडक मर्मत र बस्ती संरक्षण गर्नुपर्ने स्थानीयपवासीको माग छ । साँघुरो, कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकापसमा पार हुने पर्याप्त ठाउँ छैन । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधीन छ वटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनहरुको चाप पनि यो सडकलाई पर्दछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने
Latest NewsJust now

मोटरेबल पुलको उद्घाटन प्रधानमन्त्री शाह र मोदीले गर्नुहुने

कृष्णबहादुर धामीदार्चुला, मङ्सिर ६ गते । दार्चुलाको महाकाली नगरपालिका –८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको प्रधानमन्त्री वालेन्द्र श... ...

गोरखापत्र
जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा
Latest NewsJust now

जीवाश्म इन्धन विवादले कोप–३१ अन्योलमा

अन्ताल्या । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा कोप–३१ जलवायु सम्मेलन निष्कर्षविहीन हुने जोखिम बढेको छ। निर्धारित समयभन्दा ४० घण्टाभन्दा बढी बितिसक्दा पनि करिब २०० राष्ट्रबीच सम्झौता हुन सकेको छैन। सम्मेलनका सहआयोजक टर्की र अस्ट्रेलियाले अन्तिम समयमा अघि सारेको प्रस्तावमा जीवाश्म इन्धन त्याग्ने स्पष्ट प्रतिबद्धता समावेश नभएपछि युरोपेली सङ्घ (इयु) र जलवायु परिवर्तनको जोखिममा रहेका साना टापु ...

केन्द्रबिन्दु
पशु ढुवानीमा चरम लापरबाही, मापदण्डको कार्यान्वयन खै ?
Latest NewsJust now

पशु ढुवानीमा चरम लापरबाही, मापदण्डको कार्यान्वयन खै ?

काठमाण्डु – नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाण्डु ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिई क्षमताभन्दा बढी संख्यामा कोचेर तथा उपयुक्त सवारीसाधन प्रयोग नगरी पशुपन्छी ओसारपसार गरिएको पाइएको हो । नेपाल पशु कल्याण तथा वातावरण समाजले गरेको स्थलगत अवलोकन तथा तस्वीर तथा श्रव्यदृश्य संकलनका क्रममा विशेषगरी राँगाभैँसी, […] ...

काठमाण्डुपाटी
एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित
Latest NewsJust now

एसिया कप राइजिङ स्टारमा नेपालको पहिलो जित, यूएई ६ विकेटले पराजित

यूएईलाई पराजित गर्दै नेपाली क्रिकेट टोलीले एसिया कप राइजिङ स्टार २०२६ मा पहिलो जित दर्ता गरेको छ। आइतबार भएको समुह चरणको दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले पहिलो जित हात पारेको हो। यूएईले दिएको १ सय २२ रनको मध्यम लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।  नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५७ रनको योगदान दिए। उ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement