Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बालेनको मौनता जासुसी उपन्यासको पात्रजस्तै अदृश्य छ : योगेश भट्टराई

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनको मौनता जासुसी उपन्यासको पात्रजस्तै अदृश्य छ : योगेश भट्टराई
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनतामाथि प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्री शाह कसैसँग संवाद र अन्तर्क्रिया नगर्ने शैलीमा प्रस्तुत भएको भन्दै उनको मौनतालाई जासुसी उपन्यासको पात्रजस्तै अदृश्य रहेको टिप्पणी गरेका हुन्। शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले रवि लामिछानेको अभिव्यक्तिभन्दा प्रधानमन्त्री शाहको मौनता मुख्य राजनीतिक प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण गरे। विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा विभिन्न सम्झौता गर्दा विरोध हुने गरेको स्मरण गर्दै उनले बालेन शाहको भारत भ्रमणमा भने बुद्धिजीवीहरूले प्रशंसा गरेको भन्दै आशंका व्यक्त गरे। अदृश्य टुनामुना र तन्त्रमन्त्र धेरै समय नटिक्ने उनको तर्क थियो। भट्टराईले जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गर्नुपर्ने धारणा पनि राखे। त्यस्तै, आगामी स्थानीय तह निर्वाचनमा गुटबन्दीभन्दा माथि उठेर उम्मेदवार छनोट गर्नुपर्ने उनको भनाइ थियो। पार्टी सदस्यको विवेक, स्थानीय अवस्था र तल्लो तहबाट आउने सिफारिसका आधारमा उम्मेदवार चयन गर्नुपर्ने उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नवौँ मेजर एनबी रुङमाहाङ गोल्डकप फुटबल पुस ४ देखि
Latest NewsJust now

नवौँ मेजर एनबी रुङमाहाङ गोल्डकप फुटबल पुस ४ देखि

मोरङ । आगामी पुस ४देखि १० गतेसम्म यहाँ ‘नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट युथ क्लबले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा... ...

रातोपाटी
दसौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलतर्फ ४ टिम फाइनलमा
Latest NewsJust now

दसौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलतर्फ ४ टिम फाइनलमा

शनिबार बिहान भएका खेलमा फुल–कोर्ट ९५×५० महिला बास्केटबलतर्फ भएको खेलमा नेपाल आर्मी क्लबले नेपाल पुलिसलाई ४४–२८ अंकले पराजित गरेको हो । ...

कान्तिपुर
१२ वर्षे देवीनाचमा सहभागी हुँदै राष्ट्रपतिद्वारा अवलोकन
Latest NewsJust now

१२ वर्षे देवीनाचमा सहभागी हुँदै राष्ट्रपतिद्वारा अवलोकन

काठमाडौँ, मङ्सिर १२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement