Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

बालेनको भारत भ्रमण : पूर्वपरराष्ट्रमन्त्रीहरूले दिए यस्तो सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेनको भारत भ्रमण : पूर्वपरराष्ट्रमन्त्रीहरूले दिए यस्तो सुझाव
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणलाई नेपाल–भारतबीचको आर्थिक सम्बन्ध सुदृढ गर्ने, व्यापार घाटा न्यूनीकरण गर्ने र भारतीय लगानी नेपालमा आकर्षित गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने पूर्वपरराष्ट्रमन्त्रीहरूले बताएका छन् । उनीहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा दुई देशबीचका विद्यमान समस्या समाधानसँगै व्यापार, जलस्रोत, ऊर्जा, पूर्वाधार, लगानी र सीमा व्यवस्थापनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएका हुन् । नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपालले भारतसँगको व्यापार घाटा कम गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए । नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकाले नेपाली उत्पादनलाई भारतीय बजारमा सहुलियत दरमा निर्यात गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘विशेष गरेर आर्थिक बजेट घाटा छ, ठूलो व्यापार छ । दुई तिहाइ व्यापार भारतसँग छ, त्यसमा घाटा छ । विशेष गरेर औद्योगिक, खानीजन्य या कृषिजन्य पदार्थहरूको उत्पादन नेपालमा हुन्छ । अर्थात निर्यात हुने गरेका वस्तुहरु–जुस, कफी, चियालगतयतका सामग्री उत्पादनलाई सहुलियत दरमा निकासी गर्न पाउनुपर्छ । त्यसले बजेट घाटाका सन्दर्भमा मद्दत गर्छ । विद्युत् निर्यातका सन्दर्भमा पनि छलफल गर्न सकिन्छ जस्तो लाग्छ ।’ साउदले दुई देशबीच निर्माण भइरहेका भौतिक पूर्वाधार, रेल सेवा, सुक्खा बन्दरगाह र जलस्रोतमा भारतीय लगानी भित्र्याउने विषयलाई पनि भ्रमणको एजेन्डा बनाउनुपर्ने बताए । ‘जनकपुर–जयनगर रेलको काम शून्य अवस्था छ । केही भौतिक पूर्वाधारहरू दुई देशको सहयोगमा बनिरहेका छन् र कतिपय भौतिक पूर्वाधारहरूको संयुक्त उद्घाटनको कुरा पनि अगाडि आएको छ, त्यो सकारात्मक हुन्छ जस्तो मलाई लाग्छ । सुक्खा बन्दरगाहहरू, जलस्रोतका सन्दर्भमा पनि कुरा गर्न सकिन्छ ।’ उनले विगतमा दुई देशबीच भएका सहमति कार्यान्वयनमा लैजानुपर्नेमा पनि जोड दिए । पेट्रोलियम पदार्थ आयातका लागि पाइपलाइन विस्तार, कृषि मल उत्पादन कारखाना स्थापना तथा खेलकुद पूर्वाधार र खेलाडीको तालिमका विषयमा पनि छलफल हुनुपर्ने उनको सुझाव छ । नेपाल–भारत सम्बन्ध बहुआयामिक भएकाले सामान्य असमझदारीले सम्बन्धको आधारभूत पक्ष प्रभावित नहुने उनको भनाइ छ । समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्दै सम्बन्धलाई निरन्तरता दिनुपर्ने उनले बताए । यसैगरी नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण विश्वासको वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने बताए । गत वर्ष भदौमा भएका घटनापछि र निर्वाचनबाट नयाँ सरकार गठन भएसँगै दुई देशबीच अविश्वास बढेको उनको विश्लेषण छ । ज्ञवालीले नेपालको राष्ट्रिय हितका विषय उठाउनु भारतविरोधी हुनु नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले राष्ट्रिय हित र सीमा समस्याका विषयमा आफ्नो धारणा स्पष्ट राख्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले विगतमा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई पनि कूटनीतिक रूपमा स्पष्ट पार्नु उपयुक्त हुने बताए । पूर्वपरराष्ट्र तथा पूर्वअर्थमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले भारत भ्रमणमा जानुअघि आफ्नो रणनीतिक लक्ष्य स्पष्ट पार्नुपर्ने बताए । उनले भने, ‘नेपालको भारतसँगको सम्बन्धमा हाम्रो प्रधानमन्त्रीज्यूको रणनीतिक लक्ष्य के हो, त्यसमा राम्रोसँग विचार गरेर त्यसबारे स्पष्ट भएर सोहीअनुरूप उहाँ कुरा गर्न जानु राम्रो हुन्छ ।’ त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले व्यापार घाटा, कृषिजन्य वस्तुको बजार पहुँच, सीमा व्यवस्थापन र ऊर्जा क्षेत्रमा लगानीलाई भ्रमणका प्रमुख एजेन्डा बनाउनुपर्ने बताए । उनले भने, ‘हाम्रो व्यापार घाटाको समस्या छ । हाम्रो कृषिजन्य वस्तुको बजारको कुरा, बोर्डरमा क्वारेन्टाइ, हाम्रो एक्सपोर्टलाई कसरी बढाउने, व्यापार घाटा कसरी घटाउने, लङटर्म विद्युत्‌का कुराहरू, लगानीका कुरा, बोर्डरलाई सुरक्षित गर्ने कुरा र बोर्डरका समस्याहरू जे बाँकी छन् त्यसलाई कसरी टुङ्ग्याउँदै जाने भन्ने कुरा छ । विद्युतमा लगानी र ट्रान्समिसन लाइनका कुराहरू छन् । भारतको प्रत्यक्ष लगानी, फ्लाइट सञ्चालन गर्ने कुराहरू छन् । भारतको पनि नेपालसँग के अपेक्षा छ भन्ने सुरक्षा संवेदनशीलताका कुराहरू हुन्छन् । यी तमाम विषयमा होमवर्क गरेर प्रधानमन्त्री जानुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ महतले प्रधानमन्त्रीको भ्रमणअघि पर्याप्त गृहकार्य र राजनीतिक दलका नेतृत्वसँग छलफल हुनुपर्ने बताए । भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पनि विगतका सहमति कार्यान्वयनको अवस्था र बाँकी रहेका विषय टुङ्ग्याउने तयारी महत्वपूर्ण हुने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया
OthersJust now

कर्णाली करिडोरमा अघि बढ्यो थप ३ अर्बको ठेक्का प्रक्रिया

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सडक स्तरोन्नति तथा कालोपत्रका लागि दोस्रो चरणमा ३ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको छ । ...

अनलाइन खबर
नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ : प्रवक्ता श्रेष्ठ
OthersJust now

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ : प्रवक्ता श्रेष्ठ

काठमाण्डु – नेपाली सेनाका प्रवक्ता सहायक रथि राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन् । सैनिक मुख्यालयमा बिहीबार पत्रकारहरूसँग अन्तर्क्रियाका क्रममा नवनियुक्त प्रवक्ता तथा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक श्रेष्ठले राष्ट्र र जनताको सेवामा समर्पित रही राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्ने बताए […] ...

काठमाण्डुपाटी
समयसँगै बदलियो शौचालय : कहिले भित्ताबाट झर्थ्यो दिसा, आज बटन थिच्दा सबै गायब
OthersJust now

समयसँगै बदलियो शौचालय : कहिले भित्ताबाट झर्थ्यो दिसा, आज बटन थिच्दा सबै गायब

कुनै समय थियो, मानिसहरूलाई शौच गर्न घरको एउटा कुनामा ठाउँ भए पुग्थ्यो । कतै घरबाहिर खाल्डो खनिन्थ्यो, कतै नदीकिनार वा खुला ठाउँ प्रयोग गरिन्थ्यो । त्यसलाई सफा, व्यवस्थित र सुन्दर बनाउनुपर्छ भन्ने सोच नै थिएन । फोहोर कहाँ पुग्छ, त्यसले वातावरण कस्तो असर गर्छ भन्ने विषयमा कसालाई भेउ थिएन । कसैलाई चासो थिएन । काम… ...

अनलाइन खबर
प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान
OthersJust now

प्रोटोन ईमास-७ ले पायो एसेन एनक्याप अवार्ड्समा सुरक्षा विधाको अन्तर्राष्ट्रिय सम्मान

३ मंसिर, काठमाडौं । प्रोटोनको विद्युतीय एसयूभी ईमास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा सुरक्षा विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। नोभेम्बर १० मा सम्पन्न अवार्ड समारोहमा ईमास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा सम्मान जितेको हो। यस उपलब्धिले ईमास ७ मा उपलब्ध उन्नत चालक सहायता प्रणाली तथा सडक सुरक्षालाई प्राथमिकता… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play