काठमाडौं । ग्रामीण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै आएको गरिमा विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्नेक्रममा काठमाडौं महानगरपालिका ३, बालुवाटारमा १२७औँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार विकास बैंकले पहिलोपटक कारोबार सञ्चालन गरेको १९औँ वर्षको विशेष अवसर पारेर बालुवाटारस्थित आफ्नो केन्द्रीय कार्यालय रहेको भवनमा बालुवाटार शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष दिलिपप्रताप खाँणको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक विश्रुत थापाले शाखा कार्यालय उद्घाटन गर्नुभएको हो । सञ्चालनमा आएको बालुवाटार शाखामार्फत् ग्राहकले नियमित ब्रैकिङ सेवाका अतिरिक्त एटिएम, लकर, विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् । आमनागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरण थप सुदृढ बनाउने तथा ग्राहकलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसाथ बैंकले आफ्नो शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ । बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकको आवश्यकताअनुरूपका वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ ।
बालुवाटारमा गरिमाको १२७औँ शाखा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


_7NaCkd5ckA.jpg)



