Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

बालुवाटारको रेस्टुरेन्टमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, ६ लाख ८५ हजार बरामद

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालुवाटारको रेस्टुरेन्टमा जुवातास खेल्दै गरेका ९ जना पक्राउ, ६ लाख ८५ हजार बरामद
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ६ लाख ८५ हजार रुपैयाँभन्दा बढी नगदसहित नौ जना पक्राउ परेका छन्। आइतबार दिउँसो काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद र नौ बुक तास बरामद गरिएको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद र २८ वर्षीय सरोज कार्की छन्। त्यस्तै, बूढानीलकण्ठ नगरपालिका–१२ का ३१ वर्षीय सोनाम शेर्पा, ललितपुर महानगरपालिका–२५ का २२ वर्षीय अनिल लामिछाने, काठमाडौं महानगरपालिका–२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ र महानगरपालिका–४ का ३४ वर्षीय अनिल भण्डारी पक्राउ परेका छन्। यसैगरी संखुवासभाको सभापोखरी गाउँपालिका–६ का ३५ वर्षीय ताराविर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ का २१ वर्षीय महेन्द्र खनाल पनि पक्राउ परेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग
Latest NewsJust now

कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग

नेपालले ठूलो मात्रामा जलवायु वित्तको परिचालन हुनुपर्ने, जलवायु जन्य नोक्सानीमा नेपालले क्षतिपूर्ति पाउनुपर्ने, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने अडान सहित कोप–३१ मा पेस गर्ने ‘पोजिसन पेपर’ तयार गरेको छ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मे... ...

नेपालखबर
राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ
Latest NewsJust now

राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ

काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका... ...

रातोपाटी
सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु
Latest NewsJust now

सेनेगलमा डुङ्गा डुब्दा २१ आप्रबासीको मृत्यु

अफ्रिकादेखि युरोपसम्मको खतरनाक एटलान्टिक महासागरको मार्गमा आप्रवासी बोकेको एउटा डुङ्गा दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सेनेगलको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जनालाई जीवित अवस्थामा... ...

रातोपाटी
एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्न
Latest NewsJust now

एक करोडको कारोबार गर्दै ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सम्पन्न

नर्सरी व्यवसायी संघ नेपालले कार्तिक १७ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ शनिबार सम्पन्न भएको छ। उक्त एक्स्पोमा १ करोडको कारोबारसँगै ३५ हजार बढीले अवलोकन गरेको मेला संयोजक तथा संघको उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन्। एक्स्पोमा अपेक्षा गरे अनुसार अवलोकन गरिएकाले नर्सरी व्यवसायीहरूमा थप उत्साह थप... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play