Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

बाढी प्रभावित नुवाकोटका परिवारलाई टाटा समूह र सिप्रदीको सहयोग, २ हजार स्टिल दराज हस्तान्तरण

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाढी प्रभावित नुवाकोटका परिवारलाई टाटा समूह र सिप्रदीको सहयोग, २ हजार स्टिल दराज हस्तान्तरण
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडाैं । हिमताल विस्फोटबाट आएको बाढीका कारण घर र घरभित्रका सम्पूर्ण सामग्री गुमाएका नुवाकोटका परिवारलाई टाटा समूह र सिप्रदियन सहायता संस्थाले सहयोग गरेका छन् । ‘एक टाटा नेपाल ग्लफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत प्रभावित परिवारलाई २ हजार थान स्टिल अल्मिरा अर्थात् दराज हस्तान्तरण गरिएको हो । तत्कालीन राहतसँगै प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा अघि बढाइएको यस पहलले प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक घरायसी सामग्री सुरक्षित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीलगायत विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाको उपस्थिति थियो । कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित हुन नहुने बताए । प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापना गर्दै उनीहरूलाई सामान्य जीवनमा फर्काउन र सुरक्षित भविष्य निर्माणमा सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले वास्तविक आवश्यकता भएका समुदायसम्म अर्थपूर्ण सहयोग पुर्‍याउनु संस्थाको उद्देश्य रहेको बताए । नुवाकोटमा गरिएको सहयोग विपद्बाट प्रभावित समुदायसँग उभिने संस्थाको प्रतिबद्धताको उदाहरण भएको उनले उल्लेख गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आफू रास्वपा प्रवेश गरेको भन्दै गरिएको भ्रामक प्रचारप्रति झलनाथ खनालको आपत्ति
Latest NewsJust now

आफू रास्वपा प्रवेश गरेको भन्दै गरिएको भ्रामक प्रचारप्रति झलनाथ खनालको आपत्ति

• पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू रास्वपा प्रवेश गरेको खबरलाई भ्रामक र प्रपोगन्डा भन्दै अस्वीकार गरेका छन्। • उनले सामाजिक सञ्जालमा फैलाइएका तस्बिरहरू एआई प्रयोग गरेर बनाइएको र आफ्नो राजनीतिक छविमा भ्रम फैलाउने उद्देश्यले गरिएको आरोप लगाए। • खनालले सरकारलाई डिजिटल प्रविधिको अनियन्त्रित प्रयोग र साइबर अपराध नियन्त्रण गर्न आग्रह गर्दै यसमा गम्भीरता अपनाउन भनेका छन्। ...

नेपालबहस
लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती
Latest NewsJust now

लुम्बिनीमा जग्गा वर्गीकरणमा ढिलाइ हुदाँ नागरिकलाई सास्ती

• रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा जग्गाको वर्गीकरणमा ढिलाइ हुँदा एक वर्षदेखि कित्ताकाट र जग्गा किनबेच प्रभावित भएको छ। • स्थानीयले विवाह, ऋण भुक्तानी र अन्य आवश्यकताका लागि जग्गा बेच्न नपाउँदा सास्ती भोगिरहेका छन्, र नगरपालिकाले प्रक्रिया पूरा गर्न ढिलाइ गरिरहेको छ। • नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वर्गीकरणको काममा भएको ढिलाइको समस्या जानकार रहेको र प्रक्रिया अघि बढिरहेको बताएका छन्। ...

नेपालबहस
६ प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गरिँदै
Latest NewsJust now

६ प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गरिँदै

रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play