Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

बाजुरामा ऊनका पहिरनको फेसन शो, ख्यातीप्राप्त कलाकारको सहभागिता

Share:WhatsAppFacebookX (Twitter)Telegram
बाजुरामा ऊनका पहिरनको फेसन शो, ख्यातीप्राप्त कलाकारको सहभागिता
Photo / Coverage: केन्द्रबिन्दु

कैलाली । समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको बाजुराको पोरखे लेकस्थित लामासिममा भेडाको ऊनबाट तयार पारिएका पहिरनको फेसन शो आयोजना गरिएको छ। बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले ‘थ्रेड्स अफ द हिमालयः फार्म टु फेसन’ कार्यक्रमअन्तर्गत फेसन शो आयोजना गरिएको हो। थ्रेड्स अफ द हिमालय फाउन्डेसन र कासा ब्रान्डको सहकार्यमा आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार र मोडलहरूले बाजुरामा उत्पादित भेडाको ऊनबाट तयार पारिएका पहिरन प्रदर्शन गरेका थिए। फेसन शोमा स्वेता खड्का, अश्मी श्रेष्ठ, नीति शाह, भावना पन्त, आयुष्मान देशराज जोशीलगायत तीन दर्जनभन्दा बढी कलाकार तथा मोडल सहभागी थिए। कार्यक्रमका लागि ५५ जनाको टोली बाजुरा पुगेको थियो। बाजुराका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने भेडाको ऊनलाई प्रशोधन गरी आकर्षक पहिरन निर्माण र बजारीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पर्यटन व्यवसायी जनेश भण्डारीले बताए। उनका अनुसार स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने र बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमको मुख्य लक्ष्य हो। बाजुरामा हाल ७० हजारभन्दा बढी भेडा रहेको बताइएको छ। भेडापालन र ऊन उत्पादनको सम्भावना बझाङ तथा दार्चुलालगायतका हिमाली जिल्लामा पनि उत्तिकै रहेको छ। स्थानीयस्तरमा उत्पादित ऊनको संकलन तथा प्रशोधन गरी व्यावसायिक उत्पादनमा जोड्न सके किसानको आम्दानी बढाउन सकिने पूर्वअर्थमन्त्री नरेशकुमार शाहीले बताए । उनले बाजुराको भेडाको ऊन गुणस्तरीय रहेको बताउँदै यसको व्यावसायिक उपयोगबाट दीर्घकालीन आर्थिक लाभ लिन सकिने बताए। व्यापार र पर्यटनलाई सँगसँगै अघि बढाउन सके बाजुराको समृद्धिमा योगदान पुग्ने उनको भनाइ थियो। उनले कुनै समय कोल्टीबाट भेडाको ऊनका १३ बोरा बोकेर काठमाडौं पुर्‍याएको प्रसंग स्मरण गर्दै स्थानीय उत्पादनको सम्भावना उजागर गर्न गरिएको प्रयासले अहिले सार्थकता पाउन थालेको बताए। भेडापालनलाई व्यावसायिक बनाउने, स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने र किसानको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित आफूले पहल थालेको उनको भनाइ थियो। कासा ब्रान्डले भेडाको ऊनबाट तयार पारिएका कपडा देश तथा विदेशका बजारमा पठाउँदै आएको छ। पछिल्लो समय बाजुरामा उत्पादित ऊनसमेत प्रयोग हुन थालेको छ। स्थानीय किसानलाई भेडापालनतर्फ आकर्षित गर्ने र ऊनको व्यापार विस्तार गर्ने उद्देश्यले दुर्गम हिमाली क्षेत्रमा फेसन शो आयोजना गरिएको आयोजकले जनाएको छ। फेसन शोमा पूर्वमन्त्री शाही, पूर्वसांसद बलदेव रेग्मी, बुढीनन्दा नगरपालिकाका प्रमुख जनक बोहरा, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ल, जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष मरु विष्टलगायत जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। आगामी दिनमा बाजुरा र आसपासका जिल्लामा उत्पादित ऊन बाजुरामै संकलन तथा प्रशोधन गर्ने रणनीति बनाइएको छ। यसले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै भेडापालन, ऊन उत्पादन र पर्यटनलाई जोडेर आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तीन हजार मिटर उचाइमा आयोजना गरिएको यस कार्यक्रमले बडिमालिकाको पर्यटन प्रवर्द्धनसँगै बाजुराको स्थानीय उत्पादनलाई नयाँ पहिचान दिने अपेक्षा गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते
Latest NewsJust now

सवारी दुर्घटना: १४ जनाको मृत्यु, १४७ घाइते

गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा गाडी दुर्घटनामा परेर १ सय ४७ जना घाइते भएका प्रहरीले जनाएको छ।  दुर्घटनामा परेर झापा, उदयपुर, सुनसरी, रौतहट, चितवन, कास्की, कपिलवस्तु, दाङ, रुपन्देही, बझाङ, कञ्चनपुर र बैतडीमा गरेर १४ जनाको मृत्यु भएको हो।  दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा १० जना घाइते... ...

नेपालखबर
आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधन
Latest NewsJust now

आईक्याप सम्मेलनमा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विनोद चौधरीको सम्बोधन

नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा नेपाली कांग्रेसका तर्फबाट सहभागी हुँदै सम्मेलनलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले नेपालको आर्थिक विकासका लागि निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण र स्वदेशी उद्योगलाई विश्व बजारसँग जोड्नुपर्ने बताएका छन्। आईक्याप एसियाका वि... ...

नेपालखबर
लाछी जिउला : प्रकृति, पर्यटन र मार्सी धानको पहिचान
Latest NewsJust now

लाछी जिउला : प्रकृति, पर्यटन र मार्सी धानको पहिचान

प्रेमराज सिम्खडाकालीकोट, कात्तिक १९ गते। चारैतिर अग्ला पहाड, टाढा देखिने हिमशृङ्खला, बिचमा फैलिएको फराकिलो फाँट र सुन्दर ग्रामीण बस्ती। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जुम्लाको तातोप... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play