Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
Photo / Coverage: पर्दाफास

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै उनीविरुद्ध पक्राउ अनुमति लिएको हो । सीआईबीका एक अधिकारीका अनुसार बैंकिङ कसुरको अनुसन्धानका क्रममा बानियाँको संलग्नता देखिएपछि पक्राउ अनुमति लिइएको हो । २०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार रहेको प्रहरीले जनाएको छ । यसै प्रकरणमा उनका छोरा दिक्षान्त बानियाँलाई प्रहरीले गत कात्तिक १६ गते पक्राउ गरेको थियो । छोरामाथि भइरहेको अनुसन्धानका क्रममा पूर्वमुख्यमन्त्री बानियाँ पनि जोडिएका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार प्रभु बैंकबाट लिइएको ३४ करोड रुपैयाँ ऋण बानियाँ बाबुछोराले दुरुपयोग गरेको आशंका गरिएको छ । ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसमा खर्च नगरी अन्यत्र लगानी तथा रकम अपचलन गरेको देखिएको सीआईबीका एक अधिकारीले बताएका छन् । बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा बैंकबाट उक्त ऋण निकासा भएको थियो । अनुसन्धानका क्रममा ऋणबापत प्राप्त रकम अन्य बैंक खातामा स्थानान्तरण गर्नुका साथै सेयर बजारमा समेत लगानी गरिएको पाइएको प्रहरीको भनाइ छ । बानियाँ निर्माण सेवा प्रालिका सञ्चालकसमेत रहेका पूर्वमुख्यमन्त्री बानियाँमाथि बैंकबाट लिइएको कर्जा तोकिएको प्रयोजनभन्दा बाहिर प्रयोग गरेको विषयमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पुस्तौँदेखि चल्दै आएको पशुबलिको अन्त्य, गाउँलेले रोजे अहिंसाको बाटो
OthersJust now

पुस्तौँदेखि चल्दै आएको पशुबलिको अन्त्य, गाउँलेले रोजे अहिंसाको बाटो

मन्दिरमा भक्तजनको भीड थियो । घण्टी बजिरहेका थिए । पूजा चलिरहेको थियो । देवीको दर्शन गर्न टाढाटाढाबाट मानिसहरू आइरहेका थिए । तर, यसपटक त्यो मन्दिरमा एउटा पुरानो दृश्य थिएन । न बाख्रा थिए, न भेडा । करिब १५० वर्षदेखि देवीको पूजासँग जोडिँदै आएको पशुबलिको परम्परा यसपटक रोकिएको थियो। देवीको पूजा भने रोकिएको थिएन । धार्मिक… ...

अनलाइन खबर
भारत भ्रमणमा राष्ट्रहित सर्वोपरि ठान्न कांग्रेस महामन्त्री पौडेलको आग्रह
OthersJust now

भारत भ्रमणमा राष्ट्रहित सर्वोपरि ठान्न कांग्रेस महामन्त्री पौडेलको आग्रह

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण सफल र फलदायी होस् भन्दै शुभकामना व्यक्त गरेका छन्। उनले आन्तरिक राजनीतिक मतभेदभन्दा मुलुकको राष्ट्रिय हित सधैँ माथि रहने बताएका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणलाई लक्षित गर्दै आफ्नो धारणा सार्वजनिक गरेका पौडेलले प्रधानमन्त्रीको कार्यशैली र सरकारका विभिन्न विषयमा कांग्रेसको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement