Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

बलिउडमा महिलाप्रधान सिनेमाकी पर्याय विद्या बालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बलिउडमा महिलाप्रधान सिनेमाकी पर्याय विद्या बालन
Photo / Coverage: हिमालय टाइम्स

एजेन्सी । बलिउडमा कुनै समय रूपरंग र परम्परागत हिरोइनको छविलाई अभिनयभन्दा बढी महत्त्व दिइन्थ्यो । यही सोचका कारण अभिनेत्री विद्या बालनले आफ्नो करियरको सुरुवातमै अनेकौं अपमान र अस्वीकृति भोग्नुपर्‍यो । कुनै समय उहाँलाई अशुभ भन्दै करिब १२ वटा फिल्मबाट हटाइएको थियो । एक निर्माताले त उनको रूपमाथि प्रश्न उठाउँदै ‘के उनी हिरोइनजस्ती देखिन्छिन् र ?’ भन्दै अपमान गरेका थिए । उक्त घटनाले विद्याको आत्मविश्वासमा गहिरो चोट पुर्‍यायो । उहाँले करिब छ महिनासम्म ऐनामा आफ्नो अनुहारसमेत हेर्न नसकेको बताउनुभएको छ । सन् १९७९ जनवरी १ मा मुम्बईमा जन्मिनुभएकी विद्याले सन् १९९५ मा टेलिभिजन शो ‘हम पाँच’बाट अभिनय यात्रा सुरु गर्नुभएको थियो । त्यसपछि विज्ञापन र म्युजिक भिडियोमा काम गर्दै चलचित्र क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्नुभयो । तर, दक्षिण भारतीय चलचित्रमा अवसर पाए पनि लगातार अस्वीकृति र फिल्मबाट निकालिने समस्या भोग्नुपर्‍यो । निर्देशक प्रदीप सरकारको सहयोगमा उहाँले बलिउड फिल्म ‘परिणीता’ मा अभिनय गर्ने अवसर पाउनुभयो । सन् २००५ मा प्रदर्शन भएको उक्त चलचित्रबाट उहाँले दर्शक र समीक्षकको प्रशंसा पाउनुका साथै उत्कृष्ट महिला डेब्यूको फिल्मफेयर अवार्ड चुम्नुभयो । त्यसपछि ‘पा’, ‘इश्किया’, ‘द डर्टी पिक्चर’ र ‘कहानी’ जस्ता चलचित्रमा उहाँको अभिनयले नयाँ उचाइ हासिल गर्‍यो । विशेषगरी ‘द डर्टी पिक्चर’ का लागि उहाँले राष्ट्रिय चलचित्र पुरस्कार जित्नुभयो भने ‘कहानी’ले उहाँलाई महिलाप्रधान चलचित्रकी सशक्त अभिनेत्रीका रूपमा स्थापित गर्‍यो । ‘तुम्हारी सुलु’, ‘शकुन्तला देवी’, ‘शेरनी’, ‘जलसा’ हुँदैे ‘भूल भुलैया ३’ सम्म आइपुग्दा विद्याले फरक-फरक भूमिकामार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसक्नुभएको छ । अभिनयमा पुर्‍याएको योगदानको कदर गर्दै भारत सरकारले उहाँलाई सन् २०१४ मा पद्मश्रीबाट समेत सम्मानित गरेको थियो । कुनै समय रूपरंगका कारण अवसरबाट वञ्चित हुनुभएकी विद्या आफ्नै अभिनय क्षमताका कारण बलिउडमा छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले महिला पात्रलाई केन्द्रमा राखेर पनि चलचित्र सफल बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नमोबुद्ध जात्रा आजदेखि
Latest NewsJust now

नमोबुद्ध जात्रा आजदेखि

काभ्रे । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार... ...

रातोपाटी
बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ
Latest NewsJust now

बाफलबाट चोरी भएको माइक्रोबससहित स्वम्भूवाट २ जना पक्राउ

काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन्।  नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकको खाली जग्गामा पार्किङ गरी राखिएको बा.१ज ९८०५ नम्बर... ...

नेपालखबर
विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन
Latest NewsJust now

विदेशबाट फर्किएर ८० लाख लगानीमा पशुपछीपालन

कञ्चनपुर । छ वर्ष दक्षिण कोरियामा बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै पशुपछि पालन तथा कृषि उद्यममा रमाएका छन् । विदेशमा काम गरेको अनुभव र... ...

रातोपाटी
भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह
Latest NewsJust now

भारत भ्रमणको दोस्रो तथा अन्तिम दिन आज के-के गर्दै छन् प्रधानमन्त्री शाह

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज (सोमबार) त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन्।  भारत भ्रमणको दोस्रो एवं अन्तिम दिन प्रधानमन्त्री शाहले भारतीय समयअनुसार आज बिहान ११ बजे भारतीय प्रधानमन्त्री समकक्षी मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। यसपछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement