Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

बर्दघाटमा मङ्सिर १७ देखि नवौँ महोत्सव, २ लाख दर्शक भित्र्याउने र ३ करोडको कारोबार गर्ने लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
बर्दघाटमा मङ्सिर १७ देखि नवौँ महोत्सव, २ लाख दर्शक भित्र्याउने र ३ करोडको कारोबार गर्ने लक्ष्य
Photo / Coverage: हिमालय टाइम्स

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट उद्योग वाणिज्य संघले आगामी मङ्सिर १७ देखि २९ गतेसम्म नवौँ बर्दघाट महोत्सव–२०८३ आयोजना गर्ने भएको छ । महोत्सवमा ३ करोड रुपैयाँ बराबरको कारोबार गर्ने र २ लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ । संघले आइतबार बर्दघाट–४, बाढीपीडितस्थित आफ्नै सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवबारे जानकारी गराएको हो । बर्दघाट–४ हरियालीनगरस्थित बर्दघाट मण्डपमा सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति र बाल उद्यान मुख्य आकर्षणका रूपमा रहनेछन् । महोत्सव सम्पन्न गर्न करिब ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संघका सचिव डिल्लीराज कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधिको विस्तार तथा धार्मिक, ऐतिहासिक र मौलिक संस्कृतिको प्रचारप्रसारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको महोत्सवले बर्दघाट नगरलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । महोत्सव स्थलमा विभिन्न क्षेत्रका गरी २५० वटा स्टल रहनेछन् । संघमा आबद्ध तथा सदस्यता नवीकरण गरेका व्यवसायीलाई मङ्सिर १५ गतेसम्म स्टल बुकिङ गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी स्थानीय पालिका तथा घरेलु उद्योगबाट सिफारिस प्राप्त कृषि, हस्तकला र घरेलु उत्पादनका सामग्रीका लागि निःशुल्क स्टल उपलब्ध गराइने सचिव कँडेलले बताउनुभयो । महोत्सव प्रवेशका लागि साधारण टिकट दर १०० रुपैयाँ निर्धारण गरिएको छ । विद्यार्थीलाई टिकटमा ३० प्रतिशत छुट दिइनेछ भने ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । टिकट काटेर प्रवेश गर्ने सबै दर्शकका लागि दुर्घटना बिमाको समेत व्यवस्था गरिएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । अध्यक्ष न्यौपानेले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले संघको विपद् व्यवस्थापन कोषमा एक करोड रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको जानकारी दिँदै महोत्सव सफल बनाउन सरोकारवाला सबै पक्षसँग समन्वय गरेर तयारीलाई तीव्रता दिइएको बताउनुभयो । महोत्सवमा जिल्लाभित्र उत्पादित घरेलु तथा कुटिर उद्योगका सामग्री, दैनिक उपभोग्य वस्तु, जडीबुटी, कृषि उत्पादन, शैक्षिक तथा स्वास्थ्य सामग्री, बैंक तथा वित्तीय संस्था र होटल तथा रेस्टुरेन्टका स्टल रहनेछन् । त्यस्तै, बाल उद्यानका साथै चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारका सांस्कृतिक प्रस्तुति पनि महोत्सवका आकर्षण हुने संघका वरिष्ठ उपाध्यक्ष तारा गौतमले जानकारी दिनुभयो । आयोजकका अनुसार महोत्सवले स्थानीय उद्यमी, किसान, व्यवसायी तथा साना उद्योगीलाई आफ्ना उत्पादन र सेवा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नुका साथै बर्दघाट क्षेत्रको आर्थिक तथा पर्यटकीय गतिविधि विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महाकवि लक्ष्मीप्रसादका ७ पाण्डुलिपि, जुन अझै छापिन बाँकी छ
Latest NewsJust now

महाकवि लक्ष्मीप्रसादका ७ पाण्डुलिपि, जुन अझै छापिन बाँकी छ

वि.सं. २०१६ सालमा भौतिक शरीर त्यागे पनि उनका सिर्जनाले नेपाली साहित्यलाई आजपर्यन्त आलोकित गरिरहेका छन्। उनका सिर्जनामाथि दर्जनौं विद्यावारिधि भइसकेका छन्। अझैपनि उनका कृति र व्यक्तित्वमाथि विद्यावारिधि गर्ने क्रम जारी छ । ...

कान्तिपुर
कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी
Latest NewsJust now

कारबाहीमा परेकाहरू जरिवाना नै तिर्दैनन्, ४ करोडभन्दा बढी उठ्नै बाँकी

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा गल्ती गर्नेलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको भए पनि रकम नतिर्नेहरुमाथि विभागले चासो नराख्दा ८ सय ६ वटा व्यवसाय गर्ने फर्मले जरिवाना बापत तिर्नुपर्ने ४ करोड ६ लाख २७ हजार उठ्न सकेको छैन । ...

कान्तिपुर
सरकार र सत्तारुढ दलको झगडाले केसम्म हुन सक्छ ? यस्तो छ नेपालको राजनीतिक इतिहास
Latest NewsJust now

सरकार र सत्तारुढ दलको झगडाले केसम्म हुन सक्छ ? यस्तो छ नेपालको राजनीतिक इतिहास

प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछाने भेटघाट नगर्ने पनि होइनन् । छलफलमा नबस्ने पनि होइनन् । तर न निर्णय न त अभिव्यक्ति, केहीमा पनि एकरूपता भेटिँदैन । ...

कान्तिपुर
त्रिमूर्तिमा मनाइयो देवकोटा जयन्ती
Latest NewsJust now

त्रिमूर्तिमा मनाइयो देवकोटा जयन्ती

गोरखापत्र अनलाइनकाठमाडौं कात्तिक २२ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जयन्तीका अवसरमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले आज महाकवि देवकोटाक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play