Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

बराह सहकारी प्रकरणमा शिवकुमार विश्वकर्मा पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
बराह सहकारी प्रकरणमा शिवकुमार विश्वकर्मा पक्राउ
Photo / Coverage: पर्दाफास

धरानको बराह सहकारीको रकम हिनामिना प्रकरणमा शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । गुरुङका अनुसार सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको आरोप छ । उनले विश्वकर्मालाई उक्त प्रकरणका मुख्य योजनाकार भएको दाबी गर्दै अन्य संलग्न व्यक्तिको खोजी र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने बताएका छन् । गृहमन्त्री गुरुङले छ वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्दा सहकारीका बचतकर्ताको समस्या सुनेको उल्लेख गरेका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै यस प्रकरणमा संलग्न रहेको आरोप लागेका व्यक्तिको खोजी तीव्र पारिएको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
OthersJust now

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ पुगेको छ । ...

अनलाइन खबर
रेमिटेन्स कम्पनीमध्ये सर्वाधिक कर तिर्ने कम्पनी बन्यो आइएमई, सरकारले गर्‍यो सम्मान
OthersJust now

रेमिटेन्स कम्पनीमध्ये सर्वाधिक कर तिर्ने कम्पनी बन्यो आइएमई, सरकारले गर्‍यो सम्मान

काठमाडौं । रेमिटेन्स तथा मनि ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा […] ...

लोकपथ
खुला व्यापारमा एसियाली नेताहरूको जोड
OthersJust now

खुला व्यापारमा एसियाली नेताहरूको जोड

चीनका राष्ट्रपति सी जिनपिङसहित एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् । ...

अनलाइन खबर
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
OthersJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९:०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ४७… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play