बझाङ । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान टुमेडाबाट हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको हो । दुर्घटनापछि उद्धारमा खटिएको प्रहरी टोलीले सुरुमा तीन जनाको शव फेला पारेको थियो । थप खोजी गर्ने क्रममा चार वर्षीया रियास महराको शवसमेत भेटिएपछि मृतकको संख्या चार पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा बुङ्गल नगरपालिका–१० की राजमति महरा, तारा महरा, डल्ली महरा र रियास महराको मृत्यु भएको हो । अटोमा चालकसहित छ जना सवार थिए । दुर्घटनामा १३ वर्षीय विक्रम महरा भने सकुशल रहेका छन् । दुर्घटनापछि प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ ।
बझाङ अटो दुर्घटना अपडेट: बेपत्ता बालक मृत फेला, मृतकको संख्या ४

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






