बझाङ । बझाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मष्टा गाउँपालिका–२ धनातोलीका ४० वर्षीय राजेन्द्र रोकाया रहेका छन्। प्रहरीका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय मष्टाबाट खटिएको टोलीले रोकायाको घर तलासी गर्दा एक थान भरुवा बन्दुक फेला पारेको थियो। बन्दुक फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बझाङमा भरुवा बन्दुकसहित ४० वर्षीय रोकाया पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






