Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

बक्स अफिसमा कमजोर देखियो ‘हिमालयन गोल्ड’ र ‘जलाकी’

Share:WhatsAppFacebookX (Twitter)Telegram
बक्स अफिसमा कमजोर देखियो ‘हिमालयन गोल्ड’ र ‘जलाकी’
Photo / Coverage: पर्दाफास

गत शुक्रबारदेखि नेपालमा प्रदर्शन भएको दुई फिल्म ‘हिमालयन गोल्ड’ र ‘जलाकी’ ले घरेलुबजारमा दर्शक आकर्षित गर्न सकिरहेको छैन । सुरुआती व्यापार दुवै फिल्मको कमजोर देखिएको छ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको फिल्म ‘जलाकी’लाई विषयगत रुपमा राम्रो भनिएता पनि दर्शकले हेर्न जाँगर देखाएका छैनन् । बक्स अफिस स्रोतका अनुसार गत मङ्सिर ४ गतेदेखि प्रदर्शन भएको फिल्मले मङ्सिर ७ गते सोमबारसम्म २३ लाख रुपैयाँको कमाइ मात्र गर्न सफल भएको छ । उक्त अवधिमा फिल्मको ६ हजार ६२२ वटा टिकट बिक्री भएका छन् । पहिलो फिल्म ‘खुस्मा’ को सफलता पश्चात सोही टिममार्फत निर्माण भएको फिल्म बक्सअफिसमा कम्जोर देखिएको हो । ‘जलाकी’मा उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै फिल्ममा शिल्पा मास्के, साहारा हाङ्मा लिम्बू, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्गी, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहेको छ । यस्तै, दिवंगत अभिनेता सुनिल थापाको अन्तिम फिल्मका रुपमा प्रदर्शन भएको ‘हिमालयन गोल्ड’ को अवस्था बक्स अफिसमा दयनीय देखिएको छ । धिराज राजवंशी निर्देशित फिल्मले घरेलुबजारबाट मङ्सिर ७ गते सोमबारसम्म ८ लाखको हाराहारीमा मात्र कमाइ गर्न सफल भएको छ । उक्त अवधिमा फिल्मको १ हजार ७६६ वटा टिकट मात्र बिक्री भएका छन् । फिल्ममा दिवंगत अभिनेता थापासँगै राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा, कार्म लगायतको अभिनय रहेको छ । यी दुवै फिल्मको पहिलो विकेन्डको कमाइ हेर्दा आगामी साता झनै कठिनाई सामना गर्नु पर्ने देखिन्छ । यी बाहेक प्रदर्शनरत फिल्म ‘बाटुलो जुन’ ले ११ दिनमा ८ करोड ३५ लाख रुपैयाँको कमाइ घरेलुबजारमा गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकारलाई गगन थापाको चेतावनी– ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’
OthersJust now

सरकारलाई गगन थापाको चेतावनी– ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूमाथि विभिन्न माध्यमबाट घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाएका हुन् । सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले यस्ता धम्की र त्रासबाट ...

पर्दाफास
पुरुष फुटबलमा पुलिसको विजयी सुरुवात
OthersJust now

पुरुष फुटबलमा पुलिसको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । सुर्खेत रंगशालमा मंगलबार भएको समूह ए को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई २-० ले पराजित गरेको हो । पुलिसका लागि धिरेन्दर शाहले ३६औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए । सुजन मगरले ४६औं… ...

अनलाइन खबर
नक्कली प्रमाणपत्र देखाएर दुई सरकारी निकायमा जागिर, भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा
OthersJust now

नक्कली प्रमाणपत्र देखाएर दुई सरकारी निकायमा जागिर, भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुई सरकारी निकायमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका-४ का मगरले ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालय र बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा नियुक्ति लिन झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगको दाबी छ । मगरले रुम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष ...

पर्दाफास
नेपालले पनि छाडेको हो ईपीजी प्रतिवेदन ?
OthersJust now

नेपालले पनि छाडेको हो ईपीजी प्रतिवेदन ?

प्रधानमन्त्री शाहको दुईदिने भ्रमणमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम गर्न निर्देशन दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने सीमाका जानकारहरू बताउँछन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement