काठमाडौं । बंगालको खाडीमा नयाँ न्यूनचापीय प्रणाली विकास भइरहेको छ। तर त्यसले नेपालको मौसममा खासै प्रभाव पर्ने सम्भावना नदेखिएको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि त्यस प्रणालीको नेपाल मौसम विज्ञान विभागले निरन्तर निगरानी गरिरहेको छ । आज शुक्रबार राति जारी सूचनामा भनिएको छ, ‘हालको मौसम विश्लेषण अनुसार बंगालको खाडीमा विकसित हुँदै गरेको नयाँ न्यूनचापीय प्रणालीले नेपालको मौसममा खासै प्रभाव पर्ने सम्भावना देखिएको छैन। नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गर्नेछ। त्यसैले विभागबाट जारी हुने पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान नियमित रूपमा हेर्नुहुन सर्वसाधारण तथा सरोकारवालाहरूमा अनुरोध छ।’
बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



-ssss.jpg)


