Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

बंगलादेश ‘ए’लाई हराउँदै पाकिस्तान ‘ए’ राइजिङ स्टार्स एसिया कपको फाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
बंगलादेश ‘ए’लाई हराउँदै पाकिस्तान ‘ए’ राइजिङ स्टार्स एसिया कपको फाइनलमा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पाकिस्तान ‘ए’ राइजिङ स्टार्स एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई ५ विकेटले पराजित गर्दै पाकिस्तान छैटौँ पटक प्रतियोगिताको फाइनलमा पुगेको हो । अब पाकिस्तान ‘ए’ ले उपाधिका लागि आइतबर श्रीलंका ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो । उसले सन् २०२५ को फाइनलमा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो । दोहामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले शहादत हुसेनको शतकीय इनिङ्सको मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । बंगलादेशका लागि हुसेनले १०३ रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । सुरुवातमै १५ रन जोड्दा दुई विकेट गुमाएको बंगलादेशलाई शहादत र महिदुल इस्लामको ९५ रनको साझेदारीले खेलमा फर्काएका थिए । महिदुलले ४२ रन बनाए । पाकिस्तानका सुफियानले ३ विकेट लिए भने हसन नवाज र अली रजाले समान २–२ विकेट हात पारे । जवाफमा पाकिस्तानले ४५ ओभर २ बलमा ५ विकेट गुमाएर २ सय ३३ रनको लक्ष्य पूरा ग¥यो । पाकिस्तानले पनि २१ रनमै दुई विकेट गुमाएको थियो । तर शाहजेब खान र हसन नवाजले तेस्रो विकेटका लागि ११० रनको महत्त्वपूर्ण साझेदारी गर्दै पाकिस्तानलाई अघि बढाए । हसनले ६२ र शाहजेबले ५० रन बनाए । कप्तान अब्दुल समद र फरहान युसुफले आक्रामक ब्याटिङ गर्दै पाँचौँ विकेटका लागि ७४ रन जोडे । समदले ४४ रन बनाए भने फरहान ४६ रनमा अविजित रहे । बंगलादेशका लागी रिपोन मण्डल र रकिबुल हसनले समान २–२ विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख
Latest NewsJust now

विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख

धनकुटाको पाख्रीबास नगरपालिका फलाँटेस्थित अमर माविले विद्यालयको खर्च व्यवस्थापन, सञ्चित कोष निर्माण, खेलमैदान विकास तथा शैक्षिक सुधारका लागि देउसी भैलो खेलेर २८ लाख ८८ हजार रुपैयाँ संकलन गरेको छ । ...

कान्तिपुर
म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप

काठमाडौं । म्यानचेस्टर युनाइटेडले कप्तान ब्रुनो फर्नान्डेजको सम्झौता एक वर्ष थप गर्दै सन् २०२८ जुनसम्म लम्ब्याएको छ । क्लबले सम्झौतामा रहेको एक वर्ष थप गर्न सक्ने विकल्प प्रयोग गरेपछि पोर्चुगिज मिडफिल्डरको सम्झौता लम्बिएको हो । भविष्यमा नयाँ सम्झौताबारे छलफल गर्ने बाटो पनि खुला राखिएको युनाइटेडले जनाएको छ । यसैबीच, भाइरल संक्रमणका कारण फर्नान्डेजले आज राति प्रमियर लिगमा ब्रेन्टफोर्डविरुद्धको खेल गुमाउने सम्भावना ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement