ढाका । प्रतिबन्धका बाबजुद पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले बंगलादेशमा आइतबार हतियार र लाठीसहित विरोध प्रदर्शन गरेको छ। स्थानीय पत्रकारहरूका अनुसार बंगलादेशको गोपालगन्जमा दिनभरि भएको प्रदर्शनमा अवामी लिगका नेता, कार्यकर्ता र समर्थकहरूले धारिलो हतियार र लाठी बोकेका थिए। स्थानीय पत्रकारहरूका अनुसार दिनभरि भएको प्रदर्शनमा धेरै मानिसहरूले धारिलो हतियार र लाठी बोकेका देखिए। बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीहरूले जिल्ला अवामी लिग कार्यालय कब्जा र तोडफोड गरे। उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा पनि आगजनी गरे। रिपोर्टअनुसार प्रहरीको गाडी पनि जलाइएको छ। प्रदर्शनका क्रममा ‘गोपालगन्ज सरकारी कलेज’को बोर्ड हटाएर ‘सरकारी बंगबन्धु कलेज’ लेखिएको ब्यानर राखिएको छ। अवामी लिग सरकारको पतनपछि कलेजको नाम ‘गोपालगन्ज सरकारी कलेज’ राखिएको थियो। गोपालगन्ज विज्ञान तथा प्रविधि विश्वविद्यालयको हादी चत्तरको नेमप्लेट पनि तोडफोड गरिएको छ। सामाजिक सञ्जालमा सेयर गरिएका विरोध प्रदर्शनका भिडिओमा सहरमा प्रहरीको बाक्लो उपस्थिति देखिन्छ।
बंगलादेशको गोपालगन्जमा शेख हसिनाको पार्टीले गर्यो तोडफोड र आगजनी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






