काठमाडौं । तिहारअन्तर्गत भाइटीका नजिकिदै जाँदा इलाम जिल्लाको व्यापारिक केन्द्र फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो लागेको छ । तिहारको मुख्य दिन मानिने भाइटीकालाई लक्षित गर्दै बजारमा मानिसहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ । फिक्कल बजारमा अहिले तिहारका लागि अति आवश्यक पर्ने विभिन्न पूजासामग्री, मसला, सेलरोटी तथा मिठाइ बनाउने सामग्री, ढाका टोपी, र लत्ताकपडाहरू किनमेल गर्नेहरूको भीडभाड अत्यधिक देखिएको छ । कन्याम, अन्तुडाँडा र पशुपतिनगर घुम्न आउने आन्तरिक तथा भारतीय पर्यटकहरू फिक्कल भएर ओहोरदोहोर गर्ने भएकाले बजार निकै व्यस्त देखिएको छ । व्यापारीहरूका अनुसार तिहारको समयमा व्यापार व्यवसाय राम्रोसँग फस्टाएको छ भने बजारमा देखिएको यो भिडभाडले पर्वको रौनकलाई अझ थप उल्लासपूर्ण बनाएको छ ।
फिक्कल बजारमा किनमेल गर्ने सर्वसाधारणको घुँइचो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






