Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- काठमाडौं र तराईको दूरी मात्रै होइन, आर्थिक दूरी पनि घटाउँछ

Share:WhatsAppFacebookX (Twitter)Telegram
फास्ट ट्र्याकको लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने- काठमाडौं र तराईको दूरी मात्रै होइन, आर्थिक दूरी पनि घटाउँछ
Photo / Coverage: पर्दाफास

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन् । बुधवार काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई-मधेसबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् । उनले करिव ७३ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेख्य रूपमा घट्ने, इन्धन खपत कम हुने तथा सवारीसाधनको सञ्चालन र मर्मतसम्भार खर्चमा समेत बचत हुने उल्लेख गरे । राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माणमा नेपाली सेनाले हासिल गरेको प्रगति र उत्साहको प्रशंसा गर्दै निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे। विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ । उनले द्रुतमार्गको महत्त्व भौतिक पूर्वाधार निर्माणमा मात्रै सीमित नरहेको बताए । यसले राजधानी र तराई-मधेसबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उनले विश्वास व्यक्त गरे । त्यस्तै, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत द्रुतमार्गको योगदान महत्त्वपूर्ण हुने राष्ट्रपति पौडेलले बताए । आफूले द्रुतमार्गको तेस्रो पटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै उनले नेपाली सेनाले हालसम्म हासिल गरेको प्रगतिले आयोजना सफलतापूर्वक सम्पन्न हुनेमा थप विश्वस्त बनाएको बताए। पौडेलले भने, ‘नेपाली सेनाले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्र निर्माण र विकासका क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय छ । जटिल भौगोलिक अवस्था र विभिन्न चुनौतीका बाबजुद यस आयोजनामा सेनाले देखाएको दक्षता, कार्यकुशलता र प्रतिबद्धता सराहनीय छ । काठमाडौँ उपत्यकालाई तराई-मधेससँग जोड्ने यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि यात्रा समय र दूरी घट्नुका साथै यातायात, व्यापार, पर्यटन तथा समग्र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु । यसले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई समेत थप मजबुत बनाउनेछ । आज तेस्रो पटक यस आयोजनाको स्थलगत अवलोकन गर्ने अवसर पाउँदा नेपाली सेनाले हासिल गरेको प्रगति र दृढ इच्छाशक्तिबाट म अत्यन्त उत्साहित र विश्वस्त भएको छु । यस राष्ट्रिय गौरवको आयोजना सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाली सेना, निर्माण व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । निर्धारित समयमै आयोजना सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै सबैको आगामी कार्यसफलताको कामना गर्दछु ।’ राष्ट्रपति पौडेलले आयोजना निर्माणमा सरकार, रक्षा मन्त्रालय, नेपाली सेना, निर्माण व्यवसायी तथा अन्य सम्बन्धित पक्षले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रभावकारी समन्वय र प्रतिवद्धताका साथ काम गर्न आग्रह गरे। उनले निर्धारित समयभित्रै आयोजना सम्पन्न होस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विमानस्थलको सुरक्षा जाँच पार गरेपछि चिनियाँ नागरिकबाट भेटियो झन्डै २ किलो सुन
OthersJust now

विमानस्थलको सुरक्षा जाँच पार गरेपछि चिनियाँ नागरिकबाट भेटियो झन्डै २ किलो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार तथा सशस्त्र प्रहरीको सुरक्षा जाँच पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन्। हङकङबाट नेपाल वायुसेवा निगमको उडानमार्फत काठमाडौँ आएका चिनियाँ नागरिक जियानह्वा वाङलाई नेपाल प्रहरीले एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चीनको जिलिन प्रान्तका वाङ मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा विमानस्थलबाट पक्राउ परेका हुन्। उनी नेपाल वायुसेवा निगमको आरए ...

पर्दाफास
तातोपानी नाका खुलाउन नेपालको जोड
OthersJust now

तातोपानी नाका खुलाउन नेपालको जोड

२ मंसिर, काठमाडौं । नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ्ग वानमिङ्गसँग छलफल गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन सम्बन्धित चिनियाँ पक्षसँग… ...

अनलाइन खबर
यी ७ कारणले बढ्छ जाडो मौसममा चाया, हटाउने ६ घरेलु उपाय
OthersJust now

यी ७ कारणले बढ्छ जाडो मौसममा चाया, हटाउने ६ घरेलु उपाय

जाडो मौसम सुरु भएको छ । चिसो वातावरण कसैका लागि रमाइलो लाग्छ भने कसैका लागि नराम्रो । चिसोको आगमसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम आफैं हराएर जान्छ भने केही चुनौतीहरू बढ्छन् । चिसो मौसमसँगै आउने यस्तै एक चुनौती हो चायाको समस्या । यस समयमा धेरैजसो मानिसहरूलाई टाउकोमा 'चाया' पर्ने समस्याले सताइरहेको हुन्छ । निरन्तर चिलाउनु, कपडामा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play