काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिगमा शुक्रबार नटिंघम फरेस्टसँग ३–२ को हार बेहोरेको छ । फरेस्टका लागि मोर्गन गिब्स–ह्वाइटले दुई गोल गरे र यो नतिजाले प्रशिक्षक जाभी एलोन्सोमाथि दबाब बढेको छ । प्रिमियर लिगका पछिल्ला पाँच खेलमा चेल्सीको यो चौथो हार हो । सिटी ग्राउन्डमा इगोर जेससले फरेस्टका लागि गोलको खाता खोले । त्यसपछि गिब्स–ह्वाइटले दुई गोल थपे । चेल्सीका लागि भने इमानुल एमेघाले दुई गोल फर्काए । खराव प्रदर्शन गरिरहेको चेल्सी यसअघिको खेलमा घरमै लिड्स युनाइटेडसँग ४–१ ले हारेको थियो । एलोन्सोमाथि वर्खास्तीको डर पनि बढेको छ । अहिलेसम्म खेलेका १२ मध्ये छ खेल गुमाएपछि चेल्सी १६ अंकमा आठौं स्थानमा छ । फरेस्ट भने १२ अंकमा १४ औं स्थानमा रह्यो ।
फरेस्टसँग हारेपछि चेल्सीमाथि दबाब

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






