Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ। समग्र ईभी दर्तामा गिरावट आए पनि यस मोडलले सर्वाधिक दर्ता हुने विद्युतीय सवारीको स्थान हासिल गर्दै बजारमा आफ्नो अग्रता कायम गरेको छ। अक्टोबर महिनामा प्रोटोन ई.मास ५ का २,२६२ वटा सवारी दर्ता भएका छन्, जसले मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा ओगटेको छ। उक्त महिनामा मलेसियामा कुल ४,५९२ वटा विद्युतीय सवारी दर्ता भएका थिए, जुन सेप्टेम्बरको तुलनामा २३.८ प्रतिशतले कम र गत फेब्रुअरीयताकै सबैभन्दा न्यून मासिक दर्ता हो। यसैगरी, प्रोटोन ई.मास ७ का ५५४ वटा सवारी दर्ता भएका छन्। यी दुई मोडलको संयुक्त दर्ता कुल ईभी दर्ताको ६१.३ प्रतिशत रहेको छ। यसैबीच, अक्टोबरमा हाइब्रिड सवारीको दर्ता संख्या ५,०२३ पुगेको छ, जुन यस वर्ष दोस्रो पटक पूर्ण विद्युतीय सवारीको दर्ताभन्दा बढी हो। यसले मलेसियाको विद्युतीय तथा वैकल्पिक ऊर्जा सवारी बजारमा उपभोक्ताको रोजाइ र बजारको बदलिँदो प्रवृत्तिलाई दर्शाउँछ।मलेसियामा ई.मास ५ ले हासिल गरेको यो सफलताले प्रोटोनको विद्युतीय सवारीप्रतिको बढ्दो बजार उपस्थितिलाई प्रतिबिम्बित गर्छ। नेपालमा भने शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि. ले प्रोटोनको आधिकारिक वितरकका रूपमा यसका विद्युतीय सवारी नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ । प्रोटोन ई.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छन् । नेपालको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि सेगमेन्टमै पहिलो रियर-ह्विल ड्राइभ लेआउट रहेको ई.मास ५ मा ४.९५ मिटरको टर्निङ रेडियस, रियर मल्टि-लिंक सस्पेन्सन, ८५ किलोवाटको मोटर, ४० किलोवाटआवरको सिएटिएल एलएफपि ब्याट्री र भेहिकल-टु-लोड (भि-टु-एल) क्षमता रहेको छ । ७० लिटरको फ्रन्ट ट्रंक (फ्रङ्क), ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस र ३२ वटा स्टोरेज कम्पार्टमेन्टले यसको व्यावहारिक उपयोगितालाई थप बढाउँछन् । यसका साथै, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छन् । हाल ई.मास ५ को मूल्य रू. ३२.९९ लाखबाट सुरू हुन्छ । प्रोटोन ई.मास ७ प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध छ । यसमा ४१० किलोमिटरसम्मको डब्लुएलटिपि रेन्ज दिने एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि, १२-इन-१ इन्टिग्रेटेड मोटर र डीसी फास्ट चार्जिङ सुविधा रहेको छ । यसमा १५.४ इन्चको २.५के टचस्क्रिन, १६ स्पिकरयुक्त फ्लाइम साउन्ड सिस्टम, एप्पल कारप्ले, एन्ड्रोइड अटो, विन्डशील्ड हेड-अप डिस्प्ले (एचयुडि) र भेहिकल-टु-लोड (भि-टु-एल) सुविधा पनि उपलब्ध छन् । हाल ई.मास ७ को मूल्य ४९.९९ लाखबाट सुरू हुन्छ । जगदम्बा मोटर्स प्रा.लि.को बारेमाजगदम्बा मोटर्स प्रा.लि. नेपालका लागि प्रोटोन गाडीहरूको आधिकारिक वितरक हो। नेपाली ग्राहकलाई नवीनतम अटोमोटिभ प्रविधिसँग परिचित गराउँदै गुणस्तरीय सवारी तथा यातायातसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी अघि बढिरहेको छ। प्रोटोन मलेसियासँगको सहकार्यमा जगदम्बा मोटर्सले व्यवस्थित बिक्री तथा सेवा सञ्जाल विस्तार, ग्राहककेन्द्रित पहल र गुणस्तरीय सेवा सुनिश्चित गर्दै नेपालमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउने लक्ष्य लिएको छ। शंकर ग्रुपका बारेमानौ दशकभन्दा लामो गौरवशाली व्यावसायिक इतिहास बोकेको शंकर ग्रुप नेपालका प्रतिष्ठित व्यावसायिक समूहहरूमध्ये एक हो। विश्वास र गुणस्तरलाई आफ्नो प्रमुख आधार बनाउँदै आएको यस समूहले विभिन्न व्यावसायिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ। सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापित शंकर ग्रुप नेपालमा मुख्यालय रहेको एक बहुआयामिक व्यावसायिक समूह हो। यस समूहअन्तर्गत विभिन्न क्षेत्रका ४० वटा कम्पनी सञ्चालनमा रहेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, पाँच विषयमा सुधार गर्न सुझाव
Latest NewsJust now

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अपुरो, पाँच विषयमा सुधार गर्न सुझाव

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधार गर्नुपर्ने सरोकारवालाहरूले औंल्याएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटी नाउले सोमबार संयुक्त रूपमा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा विधेयकका विभिन्न प्रावधान अपुरो रहेको भन्दै पाँच विषयमा संशोधनका लागि सुझाव प्रस्तुत गरिएको हो । कार्यक्रममा यौन हिंसासम्बन्धी वकालत पत्र प्रस्तुत गर्दै एफडब्लुएलडीकी अधिवक्ता ...

हिमालय टाइम्स
सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको आरोप
Latest NewsJust now

सरकार प्रतिशोध र अधिनायकवादतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधपूर्ण व्यवहार र अधिनायकवादी कार्यशैलीका साथ अघि बढेको आरोप लगाएका छन् । उनले सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानूनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । सोमबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई नेपालको ...

टक्सार
सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा
Latest NewsJust now

सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन […] ...

लोकपथ
नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल
Latest NewsJust now

नेपाल–भारत सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल

काठमाडौं।नेपालका लागि नव नियुक्त भारतीय राजदूत नवीन श्रीधर दलेलाले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने उपायबारे पनि दुवै पक्षबीच विचार आदानप्रदान ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play