Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा
Photo / Coverage: पर्दाफास

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको तथा पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको विषयलाई लिएर आन्दोलन घोषणा गरेको हो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम उपलब्ध नगराइएको विषय पनि उठाएको छ । महासंघले सरकारको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने महासंघले जनाएको छ । यस्तै, मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम छ । त्यसैगरी मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने महासंघले जनाएको छ । महासंघका अनुसार मंसिर ९ गते सबै जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने कार्यक्रम तय गरिएको छ । महासंघले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुल्मीमा प्रहरीका इन्स्पेक्टर केसी निवासमै मृत फेला
OthersJust now

गुल्मीमा प्रहरीका इन्स्पेक्टर केसी निवासमै मृत फेला

काठमाण्डु – जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वत कुमार केसी मृत भेटिएका छन् । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय परिसरस्थित सिनियर अधिकृत निवास (क्वार्टर) मा अचेत भेटिएका केसीलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । बिहान साढे ९ बजेसम्म पनि उनी नउठेपछि खोजी गर्न क्वार्टर पुगेका प्रहरी कर्मचारीले उनलाई अचेत अवस्थामा […] ...

काठमाण्डुपाटी
सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट
OthersJust now

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष महामहिम बियाट्रिस पिरोनले शिष्टाचार भेटवार्ता गरेकी छन् । भेटका क्रममा सभामुख अर्यालले नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्दै फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व प्रदान गर्ने बताए । उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई ...

पर्दाफास
एनपीएलमा पुगे २४ अर्धशतक
OthersJust now

एनपीएलमा पुगे २४ अर्धशतक

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २४ पुगेको छ । लुम्बिनी लायन्सका निरोशन डिककोइलाले सुदूरपश्चिमविरूद्ध अर्धशतक प्रहार गरेसंगै अर्धशतकको संख्या २४ पुगेको हो । जारी एनपीएलमा हालसम्म २४ अर्धशतक र एक शतक प्रहार भएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज साम्रा, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले ...

पर्दाफास
सशस्त्रको पोशाक दुरुपयोग गरेर सञ्जालमा भिडियो पोस्ट गर्नेविरुद्ध अघि बढ्यो कारबाही प्रक्रिया
OthersJust now

सशस्त्रको पोशाक दुरुपयोग गरेर सञ्जालमा भिडियो पोस्ट गर्नेविरुद्ध अघि बढ्यो कारबाही प्रक्रिया

१ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोशाक दुरुपयोग गरी सडकपेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्नेविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले उक्त भिडिओ बनाएर सामाजिक सञ्जालमा फैलाउने व्यक्तिहरूविरूद्ध कानुनी कारबाही अगाडि बढाएको जानकारी दिए । एक विज्ञप्ति जारी गर्दै भिडियोमा देखिएका व्यक्ति संगठनका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play