काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विभिन्न माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बालाजुमा धर्ना दिएको छ । महासंघले ‘प्रेस काउन्सिल अध्यादेश फिर्ता लेऊ, संसद्बाट कानुन ल्याऊ’ र ‘लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता गर’ लगायतका नारा लगाउँदै धर्ना दिएको हो । महासंघले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश फिर्ता लिन, संसद्बाट कानुन निर्माण गर्न तथा लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता गर्न माग गरेको छ ।
प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन माग गर्दै रास्वपा कार्यालयमा पत्रकार महासंघको धर्ना

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






