जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण वा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराएको जनाएको छ । अनुसन्धान अधिकृतको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति परिसरले ध्यानाकर्षण भएको जनाएको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले मंसिर २ गते जारी गरेको विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्ध नरहेका मोबाइल लोकेसनलगायतका अप्रमाणित विवरण सार्वजनिक भएको उल्लेख छ । त्यस्ता सामग्रीले अनुसन्धानलाई प्रभावित पार्न र सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने प्रहरीको भनाइ छ । परिसरले प्रचलित कानुन र प्रक्रियाअनुसार अनुसन्धान भइरहेको जनाउँदै मुद्दासम्बन्धी सूचना प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ ।
प्रहरीले भन्यो- इनम सापकोटा प्रतिवादी रहेको मुद्दामा अनुसन्धानका विवरण दिएका छैनौँ

Read Complete Original Article
Published originally on पर्दाफास






