Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीचको भेटमा के–के भयो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीचको भेटमा के–के भयो ?
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन ) र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, द्विपक्षीय सहकार्य र पूर्वाधारसम्बन्धी विषयमा छलफल भएको हो। भेटका क्रममा भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाउँदै प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण सफल बनाउन भारत सरकारले तयारी तीव्र पारेको जानकारी गराएका छन्। भ्रमणलाई उपलब्धिमूलक बनाउन भारतले आवश्यक तयारी गरिरहेको उनले बताएका हुन्। प्रधानमन्त्री शाहले नेपालमा हालै आएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारतले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। विपद्पछि भारतले पहिलो सहयोगी मुलुकका रूपमा राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार टोली परिचालन गरेको विषयलाई उनले महत्त्वपूर्ण सहयोगका रूपमा उल्लेख गरे। उनले विपद्को समयमा भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमार्फत नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको प्रतिबद्धता व्यक्त गरेकोमा समेत धन्यवाद दिएका छन्। भेटवार्तामा नेपाल-भारतबीच ऊर्जा, जलस्रोत, व्यापार, पारवहन र उड्डयनका क्षेत्रमा भइरहेको सहकार्यबारे पनि छलफल भएको छ। विदेश सचिव मिस्रीले यी क्षेत्रसँग सम्बन्धित द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी प्रधानमन्त्रीलाई गराएका छन्। यसै क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्ने तयारीबारे पनि कुराकानी भएको छ। मिस्रीले प्रस्तावित रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी अघि बढेको र बिहीबार नै रेलको परीक्षण गरिएको जानकारी गराएका हुन्। जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारीस्वरूप बिहीबार भारतबाट १७ डिब्बासहितको रेल धनुषाको कुर्थासम्म ल्याएर प्राविधिक परीक्षण गरिएको थियो। नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार रेलमार्गको क्षमता तथा सञ्चालनसम्बन्धी पक्ष परीक्षण गरिएको हो। नियमित सेवा सञ्चालनको मिति भने अझै निश्चित भइसकेको छैन। प्रधानमन्त्री शाहले भेटका क्रममा नेपालको खेलकुद क्षेत्रको विकासका लागि भारतसँग सहकार्य विस्तार गर्ने सम्भावनाबारे समेत चासो राखेका छन्। खेलकुद पूर्वाधार र अन्य सम्भावित सहकार्यका क्षेत्रमा दुई देशबीच साझेदारी गर्न सकिने विषयमा उनको चासो रहेको थियो। भारतीय विदेश सचिव मिस्री बुधबार दुई दिने नेपाल भ्रमणमा आएका हुन्। प्रधानमन्त्रीसँगको भेटअघि उनले परराष्ट्र मन्त्री शिशिर खनाल, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलगायत मन्त्री तथा उच्च सरकारी अधिकारीहरूसँग छलफल गरेका थिए। नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय वार्तामा प्रधानमन्त्रीको आसन्न भ्रमण, विकास सहयोग, ऊर्जा, व्यापार तथा पारवहनका विषय समेटिएका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सर्वोच्चमा किन दर्ता भएन दानबहादुर कार्कीको रिट ?
OthersJust now

सर्वोच्चमा किन दर्ता भएन दानबहादुर कार्कीको रिट ?

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन। सर्वोच्च अदालतका कर्मचारीहरूले निवेदन अध्ययनकै क्रममा रहेकाले दर्ता गर्न नसकिएको जानकारी कार्कीका कानुन व्यवसायीलाई दिएका छन्। कार्कीका कानुन व्यवसायीहरू बिहीबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। तर अदालतका कर्मचारीहरूले निवेदन अध्ययन गर्न बाँकी रहेको भन्दै तत्काल दर्ता नगरेका ...

पर्दाफास
विराटनगरमाथि काठमान्डुको सहज जित
OthersJust now

विराटनगरमाथि काठमान्डुको सहज जित

काठमान्डुका लागि अष्ट्रेलियन खेलाडी डेभिड वार्नरले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । २४ बल खेलेका २ चौका र ३ छक्का प्रहार गरे । यस्तै अर्का अष्ट्रेलियन विलियम बोसिस्टोले २४ बलमा ३ चौका प्रहार गर्दै अविजित २३ रन बनाए । ...

अनलाइन खबर
युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस
OthersJust now

युवा केन्द्रीय सदस्यलाई डिजिटल अभियानदेखि पालिकासम्म परिचालन गर्दै कांग्रेस

सभापति गगनकुमार थापा, पदाधिकारी तथा युवा केन्द्रीय सदस्यबीच युवाको भूमिका, सामाजिक सञ्जालको उपयोग, सूचना प्रवाह र जनतासँगको सम्बन्ध विस्तारबारे छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले बताएका छन् । ...

अनलाइन खबर
काठमाडौंको गोकर्णेश्वरमा गोली चल्यो, एक जना पक्राउ
OthersJust now

काठमाडौंको गोकर्णेश्वरमा गोली चल्यो, एक जना पक्राउ

१९ कात्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा गोली चलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार साँझ गोली चलाएर एक व्यक्ति पक्राउ गरेको हो । परिसरका एसएसपी दिलिप घिमिरेका अनुसार, गोकर्णेश्वर नगरपालिका–३ दाम्पा भन्ने ठाउँमा गोली चलेको हो । पक्राउ पर्नेमा सुजन तामाङ नाम गरेका व्यक्ति रहेको उनले बताए । उनले डलर देखाएर ठगी गर्ने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play