Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाकाे भेट, भ्रमणको तयारीबारे छलफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत दलेलाकाे भेट, भ्रमणको तयारीबारे छलफल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी, द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका विषयमा छलफल भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै, रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार प्रकट गरे । प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए । जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको बताए । भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री... ...

रातोपाटी
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
Latest NewsJust now

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ । कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ पुगेको छ ...

केन्द्रबिन्दु
मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग
Latest NewsJust now

मुक्कुमलुङमा केबलकार आयोजना खारेज गर्न माग

काठमाडौं । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरेको छ । मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण... ...

रातोपाटी
यस्तो छ एमालेको स्थानीय निर्वाचनसम्बन्धी प्रस्तावित कार्ययोजना
Latest NewsJust now

यस्तो छ एमालेको स्थानीय निर्वाचनसम्बन्धी प्रस्तावित कार्ययोजना

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रस्ताव गरेको छ । पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यसहित केन्द्रीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play