Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेनलाई भेट्दै भारतीय विदेश सचिव, आजै स्वदेश फर्किने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन् । भेटघाटको काम सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् । प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीको सिलसिलामा उनी हिजो बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तैदेखि उनी भेटघाटमा व्यस्त भएका थिए । उनले हिजो नै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल परराष्ट्र सचिव अमृतबहादुर राईसँग अलग–अलग भेट गरेका थिए । आज प्रधानमन्त्री बालेनसँग शिष्टचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नमिलाउँदा निर्धारण भइसकेको भ्रमण पनि मिश्रीले स्थगित गरेको समाचार सार्वजनिक भएकाले अहिलेको उनको भेटघाटलाई चासोका साथ हेरिएको छ । नेपाल–भारत दुवै देशका अधिकारीले मंसिर दोस्रो साता बालेनको भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । त्यसकै तयारी अनुसार नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आएका थिए । यही कात्तिक ११ गते भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा गरिसकेको जानकारी नियमित पत्रकार भेटघाटमा दिएका थिए । स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति ‘छिट्टै’ सार्वजनिक गर्ने तयारीमा छन् । छिट्टै भनिएको मिति भारतीय विदेश सचिव विक्रम मिश्रीको यही भ्रमणपछि सार्वजनिक हुनसक्ने स्रोत बताउँछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रूपान्तरणको नयाँ सङ्कल्प
Latest NewsJust now

रूपान्तरणको नयाँ सङ्कल्प

इतिहासकै गर्भबाट हाम्रो जन्म भएकाले आज हाम्रो अस्तित्व मौजुद छ र यही जगमा उभिएर हामी आफूलाई लोकतान्त्रिक मूल्यमान्यताको संवाहक मान्छौँ । नेपाली राजनीतिको विस्तृत परिधिभित्र नेपाली... ...

गोरखापत्र
च्याम्पियन्स लिगमा आर्सनलको स्लाभियामाथि २–१ को जित
Latest NewsJust now

च्याम्पियन्स लिगमा आर्सनलको स्लाभियामाथि २–१ को जित

काठमाडौं । भिक्टर ग्योकेरेसले एक गोल र एक असिस्ट गरेपछि आर्सनलले युरोपेली च्याम्पियन्स लिगको लिग चरणमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । आर्सनलले स्लाभिया प्राहलाई २-१ ले पराजित गरेको हो । आइतबार प्रिमियर लिगमा लिभरपुललाई हराएको टोलीमा प्रशिक्षक मिकेल आर्टेटाले ६ खेलाडी परिवर्तन गरेका थिए । काइ हाभर्ट्जको स्थानमा स्विडिस स्ट्राइकर ग्योकेरेसले फरवार्ड सम्हालेका थिए । खेलको नवौँ मिनेटमा ग्योकेरेसले स्लाभियाको ...

केन्द्रबिन्दु
कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मधेश, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play