काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउन सुझाव दिएका छन्। रुस भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजनालगायतका कामलाई वर्तमान नेतृत्वले निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन्। उनले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता तथा कृषि विकासका लागि भएका सहमति र समझदारीलाई पनि कार्यान्वयनको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए। वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भ्रमणबारे केही अस्पष्टता रहे पनि सरकारले राम्रो काम गरे समर्थन र सहयोग गर्ने तथा गलत काम गरे आलोचना गर्ने आफ्नो स्पष्ट नीति रहेको प्रचण्डले बताए। रुसमा आयोजित सम्मेलनमा विश्वमा भइरहेका युद्ध र तनाव, ब्रिक्स, बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेनलगायतका विषयमा पार्टी तथा नेपालको स्पष्ट धारणा प्रस्तुत गरिएको उनले जानकारी दिए।
प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर परियोजनालाई प्राथमिकता दिन प्रचण्डको सुझाव

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






