Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

प्रदीप पौडेलको चेतावनी- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रदीप पौडेलको चेतावनी- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाएको आरोप लगाउँदै धम्की दिँदैमा कांग्रेस नतर्सिने बताएका छन् । बिहीबार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले बिचौलिया इनम सापकोटा र सभापति थापाबीच कुनै पनि प्रकारको चिनजान र लेनदेन नभएको स्पष्ट पारे । उनले बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको दाबी गर्दै सरकारले कांग्रेस र सभापति थापामाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए । ‘अहिले जुन ढंगबाट हाम्रो सभापतिको बारेमा चर्चा परिचर्चा चलेको छ, यो विषयान्तर गर्नको लागि अफवाह फैलाइएको हो । यसले हामीलाई कुनै पनि प्रकारको असर गर्दैन । हामी कुनै पनि हिसाबले तर्सिँदैनौँ,’ उनले भने । सभापति थापा र सापकोटाबीच कुनै चिनजान तथा सम्बन्ध नरहेको कुरा यसअघि नै पत्रकार सम्मेलनमार्फत जानकारी गराइसकेको उल्लेख गर्दै पौडेलले सापकोटा प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा कहाँ–कहाँ गएको थियो भनेर प्रश्न गर्नुपर्ने बताए । सरकारले लगाएको आरोप पुष्टि गर्नुपर्नेमा जोड दिँदै उनले राज्यले कानुनअनुसार मर्यादामा बस्नुपर्ने बताए । ‘पहिले त सरकारले जे आरोप लगाइरहेको छ, त्यो पुष्टि गरोस् न । सरकारले मर्यादामा बस्नु पर्दैन ? कानुन कार्यान्वयन गर्नुपर्दैन ? यस्तो हुन्छ राज्य ?’ उनले प्रश्न गरे । पौडेलले निष्पक्ष रूपमा अनुसन्धान गर्न कांग्रेसले सरकारलाई सहयोग गर्ने बताए । तर, अनुसन्धानका नाममा जबरजस्ती धरपकड गर्न खोजिए प्रतिवाद गर्ने उनको चेतावनी थियो । ‘हामीले स्पष्टसँग भनेका छौँ, छानबिन गर्न रोक्दैनौँ, छानबिन गर्नुस् । पक्राउ नै किन गर्ने ? पक्राउ गर्नको लागि त कानुनी आधार होला नि । सरकारले तर्क गर्नुपर्‍यो, त्यसको आधारमा हामी सहमत वा असहमत हुने कुरा होला,’ उनले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूहको रसुवा सभापतिमा उपेन्द्रराज लम्साल
OthersJust now

कांग्रेस देउवा समूहको रसुवा सभापतिमा उपेन्द्रराज लम्साल

नेपाली कांग्रेस रसुवाको सभापतिमा उपेन्द्रराज लम्साल सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम धुन्चेमा सम्पन्न कांग्रेस इतर समूहको १५औँ नियमित जिल्ला अधिवेशनले लम्साललाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट दुईवटा प्रदेशसभा क्षेत्रीय समिति र पाँचवटा गाउँपालिकाका सभापति पनि सर्वसम्मत चयन भएका छन्। प्रदेशसभा क्षेत्र (क) को सभापतिमा तेम्पा नुर्पु तामाङ र (ख) को सभापतिमा धनबहादुर गुरुङ चयन भएका छन्। त्यसैगरी नौकुण्ड गाउँपालिकाको सभापतिमा ...

पर्दाफास
‘जग्गा सट्टापट्टाको प्रस्तावमा मुख्यसचिवले जिम्मा लिनुपर्छ’
OthersJust now

‘जग्गा सट्टापट्टाको प्रस्तावमा मुख्यसचिवले जिम्मा लिनुपर्छ’

विराटनगरको जग्गा सट्टापट्टाको निर्णयबाट भ्रष्टाचार भएको भन्ने उजुरीको अनुसन्धानका क्रममा अख्तियारमा बयान दिँदै डा. रिजालले त्यसमा मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान गरेका हुन् । ...

अनलाइन खबर
काँग्रेसले भन्यो- पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ
OthersJust now

काँग्रेसले भन्यो- पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ

नेपाली कांग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिए। उनले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूले नेपाली कांग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने ...

पर्दाफास
प्रसव उद्धारमा हेलिकप्टर
OthersJust now

प्रसव उद्धारमा हेलिकप्टर

दसैंको रौनकमा सबै रुमलिएका थिए । महानवमी अर्थात कात्तिक ३ गते डोल्पाको विकट बस्तीकी २८ वर्षीया पेम्मा आङमो गुरुङ र जाजरकोटकी १७ वर्षीया किशोरीलाई जटिल प्रसूति अवस्थाबाट हवाई उद्धार गरी सुर्खेत पुर्‍याइएको खबर आयो । उद्धारका यस्ता खबर पढ्दा राहतको अनुभूति हुन्छ । कठिन भूगोल, सीमित स्वास्थ्य सुविधा र जीवनलाई नै जोखिममा पार्न सक्ने प्रसूति… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play