Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

प्रदीप पौडेलको आरोप- सरकारले अन्य पार्टीहरूमाथि पनि नियन्त्रण गर्न खोज्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रदीप पौडेलको आरोप- सरकारले अन्य पार्टीहरूमाथि पनि नियन्त्रण गर्न खोज्यो
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका गतिविधिहरूमाथि प्रश्न उठाएका छन् । शुक्रबार जनकपुरधाममा पत्रकारसम्मेलनमार्फत महामन्त्री पौडेलले सरकारले अन्य दलहरूमाथि नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । उनले पुराना पार्टीका पुराना नेताहरूजस्तै अहिलेको सरकार पनि कुनै कम नरहेको बताए । आफ्नो पार्टीमा मात्र नभई सरकारले अर्को पार्टीहरूमा कसलाई सभापति बनाउने, कसको पार्टी फुटाई दिने, कसलाई के दोष लगाइदिने जस्ता कार्यहरूमा केन्द्रित भएको महामन्त्री पौडेलले आरोप लगाएका छन् । आफ्नो पार्टीमा प्रश्न उठाउनेहरूलाई कसरी कमजोर बनाउने धन्दामा सरकार नेतृत्वको पार्टी लागि परेको पौडेलको भनाई छ । महामन्त्री पौडेलले रास्वपाले कांग्रेसभित्र किन हस्तक्षेप गर्नुप¥यो ? भनेर प्रश्न गरेका छन् । सरकारले गुटबन्दीको राजनिति सुरु गर्न खोजेको आभास भएको महामन्त्री पौडेलको भनाई छ । विगतमा राज्य सत्ता कब्जा गरेर शासन गर्न खोजेजस्तै अहिले पनि उही किसिमको कार्य भइरहेकोले पहिलेको सरकार र अहिलेको सरकारमा कुनै फरक नरहेको उनको भनाई छ । महामन्त्री पोडेलका अनुसार रास्वपा नेतृत्वको सरकारसँग प्रश्नहरूको सामना गर्ने क्षमता छैन । सरकारको गतिविधिले नेपालको लोकतन्त्रलाई समाप्त पार्ने महामन्त्री पौडेलको भनाई छ । जनताको अपेक्षा विपरीत सरकारले कार्य गरिरहेको उनले बताए । दुई तिहाइ बहुमत प्राप्त भएर बनेको सरकारलाई अझै के चाहिएको छ ? भनेर महामन्त्री पौडेलले प्रश्न गरेका छन् । कांग्रस पश्न गर्ने पार्टी भएकोले सरकारले काङ्ग्रेसमाथि प्रश्न नगरोस् भनेर सरकारले अनेकौँ प्रपञ्च गरिरहेको महामन्त्री पौडलले बताए । विधिको शासन र कानुनी राज्य रहेसम्म निर्दोषीलाई दोषी बनाउन नसकिने पौडेलको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ मनाउन सोमबार पनि सार्वजनिक बिदा
OthersJust now

छठ मनाउन सोमबार पनि सार्वजनिक बिदा

सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि दिनसमेत सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार पनि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो । यसअघि नेपाल सरकारले कात्तिक २९ गते आइतबार परेको छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play