काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण नेपाली तथा किरात धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्नुभएको छ। बुधबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उहाँले सत्य, अहिंसा, शान्ति र सामाजिक सद्भावका प्रवर्द्धक महागुरु फाल्गुनन्दको योगदानको स्मरण गर्नुभएको हो। महागुरु फाल्गुनन्दले समाज सुधार, कुरीति तथा कुसंस्कारको अन्त्य र भाषा, संस्कृति एवं पहिचानको संरक्षणमा पुर्याउनुभएको योगदान सधैँ प्रेरणादायी रहने प्रचण्डले उल्लेख गर्नुभएको छ। महागुरुका विचार र आदर्शलाई आत्मसात् गर्दै सामाजिक एकता, सद्भाव र समुन्नत समाज निर्माणको दिशामा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत उहाँले गर्नुभएको छ।
प्रचण्डद्वारा फाल्गुनन्दको जन्मजयन्तीमा शुभकामना व्यक्त

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






