Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

प्रचण्डद्वारा ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तक विमोचन, राष्ट्रिय एकताको आवश्यकता औँल्याए

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रचण्डद्वारा ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तक विमोचन, राष्ट्रिय एकताको आवश्यकता औँल्याए
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नयाँ राष्ट्रिय एकताको आवश्यकता औँल्याउनुभएको छ। राष्ट्रको भविष्य नै अन्योलमा परेको उल्लेख गर्दै उहाँले राष्ट्रिय एकताको नयाँ आधार निर्माण गर्ने समय आएको बताउनुभयो। शनिबार काठमाडौंको संवाद डबलीमा डा. दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तक विमोचन गर्दै प्रचण्डले यस्तो धारणा राख्नुभएको हो। उहाँले वर्तमान सरकारको कार्यशैलीलाई हिन्दी जासुसी चलचित्रसँग तुलना गर्दै सञ्चारकर्मीको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाउनुभयो। ‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभएको होला, त्यस्तै छ सरकारको काम गराइ। कतिबेला कुन पत्रकार समातिने हो, कसलाई हमला हुने हो र कहाँ के हुने हो भन्ने टुङ्गो छैन। यो अनौठो खालको सरकार छ। अझै धेरै हेर्न र भन्न बाँकी छ,’ उहाँले भन्नुभयो। प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा सरकारबाट हट्नुपरेको दाबी गर्नुभयो। उहाँले मुलुकमा भ्रष्टाचारी र बिचौलियाहरू बलियो हुँदै गएको टिप्पणी गर्दै सामाजिक न्याय र समृद्धिको बाटोमा अघि बढ्दा प्रतिगामी शक्तिहरूले अवरोध सिर्जना गरेको बताउनुभयो। उहाँले विगत ३५ वर्षमा मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गरिएको भन्दै त्यसको जवाफ ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकले दिने विश्वास व्यक्त गर्नुभयो। लेखकद्वयले कर्णालीको विकास र भविष्यबारे नयाँ ढंगले बहस सुरु गरेको उल्लेख गर्दै उहाँले पुस्तकले कर्णालीको विकासको मार्गचित्र प्रस्तुत गरेको बताउनुभयो। प्रचण्डले भन्नुभयो, ‘यस पुस्तकमार्फत नयाँ ढंगबाट बहस सुरु गर्नुभएको छ। कर्णालीको विकास र भविष्य चिन्ने मार्गचित्र कोर्नुभएको छ।’ उहाँले नेपालको इतिहासमा कर्णालीको भाषा, संस्कृति र पहिचानलाई राज्यसत्ताले उपेक्षा गर्दै आएको उल्लेख गर्दै जनयुद्धले त्यसप्रकारको सोचलाई चुनौती दिएको बताउनुभयो। तर, वर्तमान राज्यले त्यसको मर्म आत्मसात् गर्न नसकेको उहाँको भनाइ थियो। आफ्नो नेतृत्वको सरकारले मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग तथा सबै प्रदेशमा उत्तर–दक्षिण करिडोर निर्माणलाई प्राथमिकता दिएको स्मरण गर्दै उहाँले यस्ता पूर्वाधार विकासले देशको समग्र विकासमा योगदान पुर्‍याएको दाबी गर्नुभयो। त्यस्तै, आफ्नो नेतृत्वकै समयमा नेपाल विद्युत् आयात गर्ने देशबाट विद्युत् निर्यात गर्ने देशका रूपमा अघि बढेको उहाँले बताउनुभयो। १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य र अन्तरदेशीय विद्युत् व्यापार सम्झौता पनि आफ्नै नेतृत्वमा अघि बढाइएको उहाँको दाबी थियो। काम गर्न खोज्नेहरूलाई पर्याप्त अवसर नदिने प्रवृत्ति रहेको उल्लेख गर्दै उहाँले भीम मल्ललाई तिब्बतबाट फर्किएपछि मारिएको ऐतिहासिक प्रसंगसमेत उठाउनुभयो। जनयुद्धले गणतन्त्र, संघीयता र समावेशिताको आधार तयार गरेको भन्दै त्यसपछि काम गर्ने अनुकूल वातावरण पाएको भए मुलुकले अझ धेरै उपलब्धि हासिल गर्न सक्ने उहाँको भनाइ थियो। कार्यक्रममा पुस्तकका लेखक डा. दीपेन्द्र रोकायाले नेपाल एकीकरणपछि कर्णाली क्षेत्रमा उपेक्षाको क्रम बढ्दै गएको बताउनुभयो। उहाँले संघीयतापछि भएका विकासका प्रयास र उपलब्धिलाई पुस्तकमा समेटिएको जानकारी दिँदै संघीयताको उपलब्धि संस्थागत गर्दै कर्णालीको थप विकासका विषयमा बहस अघि बढाउन खोजिएको बताउनुभयो। डा. रोकायाले कर्णाली र हिमाली क्षेत्रको विकासका लागि हिमाली क्षेत्र विकास प्राधिकरण गठन गर्नुपर्ने तथा हिमाली पर्यापर्यटकीय सडक निर्माण गर्नुपर्ने प्रस्ताव गर्नुभयो। यसबाट कर्णालीका नागरिकलाई स्थलमार्ग हुँदै एकै दिनमा संघीय राजधानी पुग्न सक्ने पहुँच स्थापित गर्नुपर्ने उहाँको धारणा थियो। पुस्तकका अर्का लेखक मोहनदास मानन्धरले कर्णाली चिसापानीमा जलविद्युत् आयोजना सुरु गर्दादेखिको अनुभवले कर्णाली किन उपेक्षित रह्यो भन्ने विषयमा लेख्न प्रेरित गरेको बताउनुभयो। उहाँले डा. रोकायासँगको सहकार्यमा पुस्तक तयार गरेको उल्लेख गर्दै आफू अहिले तिला जलविद्युत् आयोजना निर्माणमा संलग्न रहेको जानकारी दिनुभयो। कार्यक्रममा आरम्भ प्रकाशन काठमाडौंका अध्यक्ष राजबहादुर कुँवरले पुस्तकमार्फत कर्णालीको विकास, सम्भावना र उपेक्षाका विषयमा नयाँ बहस सुरु गर्ने उद्देश्य राखिएको बताउनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘भोटेकोशी विपद्मा गुनासो आउन नदिने गरी राहत र उद्धारमा काम भइरहेको छ’
Latest NewsJust now

‘भोटेकोशी विपद्मा गुनासो आउन नदिने गरी राहत र उद्धारमा काम भइरहेको छ’

काठमाडौँ, कात्तिक २१ गते । भोटेकोशी बाढीका क्रममा विपद् प्रभावितलाई गुनासो आउन नदिने गरी राहत तथा पुनस्र्थापनामा काम भइरहेको सरोकारवाला सरकारी निकायले बताएका छन् । ललितपुरमा आयोजित... ...

गोरखापत्र
यो सही समयमा हार हो: रोहित पौडेल
Latest NewsJust now

यो सही समयमा हार हो: रोहित पौडेल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार चौथो खेलसम्म अपराजित यात्रा पूर्णविराम लागेपछि लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन्। शनिबारको खेलमा काठमाडौं गोर्खाजसँग हारपछि पत्रकार सम्मेलनमा पौडेलले यो समयमा हारले अगाडि बढ्न मद्दत मिल्ने विश्वास व्यक्त गरे। आगामी दुई खेलमा राम्रो गर्दा प्लेअफमा पुग्ने अवसर पन... ...

नेपालखबर
उपाधि जित्नु नै हाम्रो लक्ष्य हो, ममाथि कुनै दबाब छैन : काठमान्डुका बलर खान
Latest NewsJust now

उपाधि जित्नु नै हाम्रो लक्ष्य हो, ममाथि कुनै दबाब छैन : काठमान्डुका बलर खान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेपछि काठमाडौँ गोर्खाजका पाकिस्तानी तीव्र गतिका बलर जहाँदाद खानले आफ्नो टोलीको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन्... ...

रातोपाटी
सडक कविता यात्राका सिर्जना पुस्तकमा संकलित
Latest NewsJust now

सडक कविता यात्राका सिर्जना पुस्तकमा संकलित

सुनसरी – धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । शनिबार आयोजित कृति विमोचन, महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथिको परिचर्चा तथा स्रष्टा सम्मान कार्यक्रममा कृतिका प्रधान सम्पादक शंकर भण्डारीले सडक कविता यात्राका क्रममा सिर्जना गरिएका कवितालाई संकलन र संरक्षण गरी भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले कृति प्रकाशन गरिएको बताए । उनले साहित्यिक सिर्जनाको संरक्षण, नयाँ […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play