Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

पोर्चुगलस्थित नेपाली दूतावासको आधिकारिक सूचनामा पहिलोपटक नेपाल संवत्

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोर्चुगलस्थित नेपाली दूतावासको आधिकारिक सूचनामा पहिलोपटक नेपाल संवत्
Photo / Coverage: हिमालय टाइम्स

लिस्बन । नेपालको मौलिक इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको नेपाल संवत्ले पहिलोपटक पोर्चुगलस्थित नेपाली राजदूतावासको आधिकारिक सूचनामा स्थान पाएको छ । दूतावासले आफ्ना आधिकारिक दस्तावेजमा विक्रम संवत् र इस्वी संवत्सँगै नेपाल संवत्समेत उल्लेख गर्न थालेपछि यसलाई नेपालको ऐतिहासिक सम्पदा र मौलिक राष्ट्रिय पहिचानको सम्मानका रूपमा हेरिएको छ । नेपाली राजदूतावास, लिस्बनले २०८३ कात्तिक २७ गते (१३ नोभेम्बर २०२६) जारी गरेको आधिकारिक सूचनामा ‘ने.सं.११४७ कछलाथ्व चतुर्थी’ उल्लेख गरेको छ । सरकारी कामकाज, प्रशासनिक अभिलेख तथा आधिकारिक पत्राचारमा नेपाल संवत्को प्रयोग हुनुपर्ने माग उठिरहेका बेला दूतावासको यस कदमलाई सकारात्मक र अर्थपूर्ण पहलका रूपमा लिइएको छ । नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित छ । राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी सुरु गरेको मानिने यस संवत्ले नेपालको इतिहास, सामाजिक चेतना र सांस्कृतिक गौरवलाई प्रतिनिधित्व गर्छ । यद्यपि, लामो समयदेखि सरकारी तथा प्रशासनिक कामकाजमा यसको प्रयोग सीमित रहँदै आएको छ । नेपाल संवत्को संस्थागत प्रयोगका लागि निरन्तर पैरवी गर्दै आएका अभियन्ता गंगाबहादुर नेम्कुलले दूतावासको यस पहलप्रति आभार व्यक्त गर्नुभएको छ । नेम्कुलका अनुसार आधिकारिक सूचनामा नेपाल संवत् उल्लेख हुनु मिति थप्ने औपचारिक प्रक्रियामात्र नभई नेपालको मौलिक इतिहास, सभ्यता, सांस्कृतिक विरासत र राष्ट्रिय पहिचानलाई राज्यको आधिकारिक अभिलेखमा सम्मानजनक स्थान दिनु हो । यसले नेपाल संवत्को संस्थागत प्रयोग विस्तार गर्नुका साथै नयाँ पुस्तामा यसको ऐतिहासिक महत्त्व स्थापित गर्न सकारात्मक सन्देश दिने उहाँले बताउनुभयो । नेपाल संवत्को प्रयोग सरकारी निकाय, कूटनीतिक नियोग तथा सार्वजनिक प्रशासनका विभिन्न तहमा विस्तार गर्नुपर्ने आवाज उठिरहेका बेला विदेशस्थित नेपाली राजदूतावासको आधिकारिक सूचनामा यसको समावेश हुनु विशेष अर्थपूर्ण मानिएको छ । सरोकारवालाहरूले लिस्बनस्थित नेपाली दूतावासले सुरु गरेको अभ्यासलाई अन्य नेपाली कूटनीतिक नियोग तथा सरकारी निकायले समेत अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार नेपालको मौलिक संवत्लाई व्यवहारमा प्रयोग गर्नु ऐतिहासिक पहिचानको संरक्षणमात्र नभई भावी पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्ने महत्त्वपूर्ण माध्यम पनि हो । नेपाल संवत्को प्रयोगलाई औपचारिकतामा सीमित नराखी नियमित प्रशासनिक अभ्यासका रूपमा स्थापित गर्न सके नेपालको मौलिक इतिहास, सभ्यता र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ... ...

रातोपाटी
पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली
Latest NewsJust now

पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौँ, मङ्सिर २ गते । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा त्यसका प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने लुम्ब... ...

गोरखापत्र
आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
Latest NewsJust now

आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।  नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज (बुधबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखिएको छ। हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो। यसपछि अन्तिम मा... ...

नेपालखबर
एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती
Latest NewsJust now

एमालेको राष्ट्रिय भेला : विरासतको भारी, भविष्यको चुनौती

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले आफ्नो राजनीतिक इतिहासकै एउटा कठिन मोडमा उभिएको छ । बाहिरबाट हेर्दा देशको प्रमुख राजनीतिक शक्तिमध्ये एक देखिए पनि पार्टीभित्र विकसितहुँदै गएको असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास, गुटगत प्रतिस्पर्धा र संगठनात्मक कमजोरीले एमालेको आन्तरिक अवस्था सहज छैन भन्ने संकेत गरिरहेका छन् । यही अवस्थामा मंसिर २ र ३ (आज र भोलि) गते काठमाडौंमा हुनलागेको राष्ट्रिय भेलालाई सामान्य राजनीतिक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play