काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको हो। टस जितेको पोखराले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। चितवनका लागि कप्तान सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३७ रन बनाए। उनले २ चौका र ४ छक्का प्रहार गरे। रवि बोपाराले २८ बलमा ३५ रन जोड्दा अर्जुन साउदले २७ बलमा ३१ र डेभिड मलानले २८ बलमा २८ रन बनाए। कुशल मल्लले १३ बलमा ११ रन जोडे। पोखराका लागि विपिन खत्रीले २ विकेट लिए। कुशल भुर्तेल र चमिका करुणारत्नेले समान २–२ विकेट हात पारे।
पोखराविरुद्ध चितवनले दियो १५२ रनको लक्ष्य

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






