काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित यात्रा कायम राखेको छ। मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको हो। पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै लुम्बिनीले तीन खेलबाट पाँच अंक जोडेको छ। लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जारी प्रतियोगितामा लुम्बिनी एक्लो अपराजित टोली बनेको छ। यता पोखराको भने यो लगातार तेस्रो हार हो। तीन खेलबाट अंक जोड्न नसकेको पोखरा अंकतालिकाको पुछारमा छ। जारी प्रतियोगितामा अहिलेसम्म जित निकाल्न नसक्ने एक्लो टोली पनि पोखरा नै बनेको छ।
पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






