Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
Photo / Coverage: केन्द्रबिन्दु

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम संकलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु. एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो । उक्त अवधिमा लक्ष्यभन्दा बढी रु. एक अर्ब ७१ करोड ५७ लाख ९८ हजार राजस्व जम्मा गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले जानकारी दिए । सो रकम असोज मसान्तसम्मको लक्ष्यभन्दा रु. २० करोड ३० लाख २२ हजार बढी अर्थात् ११३ प्रतिशत प्रगति हो । पोखरामा आयकरमा लक्ष्यभन्दा निकै राम्रो प्रगति हासिल भएको प्रमुख कर अधिकृत ढुंगानाले बताए । यस अवधिमा आयकरतर्फ रु ७९ करोड ४४ लाख ८३ हजार संकलनको लक्ष्य राखिएकोमा रु. एक अर्ब आठ करोड ८३ लाख २२ हजार जम्मा भएको उनले जानकारी दिए । घर वहालकर र ब्याज करमा भने असुली लक्ष्यभन्दा कम राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुंगानानाले बताए । रु. एक करोड ८१ लाख ९१ हजार लक्ष्य रहेको घर वहालकरमा रु. एक करोड ३१ लाख ३८ हजार (७२ प्रतिशत) जम्मा भएको छ । त्यस्तै ब्याजकरतर्फ रु. नौ करोड ८८ लाख ८२ हजार उठाउने लक्ष्य राखिए पनि रु. चार करोड ८७ लाख १५ हजार (४९ प्रतिशत) मात्र संकलन भएको उनले जानकारी दिए। मूल्य अभिवृद्धि कर (मूअकर)मा भने कार्यालयले असोजसम्मको लक्ष्य भेट्टाउन नसकेको प्रमुख कर अधिकृत ढुंगानाले जानकारी दिए । रु. ५३ करोड ३२ लाख ९९ हजार मूअकर उठाउने लक्ष्य लिइएकोमा १५ प्रतिशत कम राजस्व संकलन भयो । अन्त:शुल्क र अन्य कर संकलनमा उल्लेखनीय प्रगति भएको प्रमुख कर अधिकृत ढुंगानाले जानकारी दिए । रु. छ करोड १७ लाख ४५ हजार लक्ष्य रहेको अन्त:शुल्कतर्फ ४३ प्रतिशत बढी अर्थात् रु.आठ करोड ८३ लाख २२ हजार संकलन भएको उनले बताए । अन्य करमा रु. ६१ लाख ७६ हजार लक्ष्य तोकिएकामा रु. दुई करोड ३७ लाख ६ हजार जम्मा भएको छ । नेपाल सरकारले उपलब्ध गराएका छुट सुविधा, करदाता प्रोत्साहन लगायत कार्यक्रमका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुंगानाले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु
Latest NewsJust now

पाकिस्तानमा लडाकुहरूको आक्रमणमा १० प्रहरीको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा बुधबार लडाकुहरूले प्रहरीका सवारी साधनलाई लक्षित गरी आक्रमण गरेका छन् । त्यसपछि भएको गोली हानाहानमा कम्तीमा १० प्रहरीको मृत्यु भएको अधिकारीले जनाएका छन् । स्थानीय प्रहरी... ...

रातोपाटी
युद्धले घेरिएको इजरायलको सत्ता
Latest NewsJust now

युद्धले घेरिएको इजरायलको सत्ता

इजरायलमा सत्ता परिवर्तनको सम्भावना बढिरहेका बेला इरानसँगको युद्धले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई राजनीतिक रूपमा कमजोर बनाएको छ। अमेरिकामा डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले मध्यावधि निर्वाचनमा बेहोरेको पराजय र वासिङ्टनको बदलिँदो राजनीतिक प्राथमिकताले उनको भविष्यलाई थप अनिश्चित बनाएको छ। नेतान्याहुको राजनीतिक भविष्य र मध्यपूर्वको स्थायित्व अहिले एउटै राजनीतिक समीकरणका अलग प्रश्न बनेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका लागि अहिलेको सबैभन्दा ठूलो चुनौती इरानको सैन्य ...

नेपालन्युज
नेपाली बैंकिङका ७ घुम्ती : मोनिटाइजेसन टू डिजिटाइजेसन
Latest NewsJust now

नेपाली बैंकिङका ७ घुम्ती : मोनिटाइजेसन टू डिजिटाइजेसन

काठमाडौं । आज कुनै पनि नेपाली नागरिकले हातको स्मार्टफोनमा एकाध पटक औँला चलाएर सेकेन्डभरमै लाखौँ रुपैयाँ रकमान्तर गर्न सक्छ । कुनै पसलमा सामान किन्दा क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्नु... ...

रातोपाटी
बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका
Latest NewsJust now

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका

म्याग्दी । यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play